Trending
Prev Story
Next Story

पूर्वाधार विकासमन्त्रीका सल्लाहकार लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

Ekantipur •
November 03, 2026 • 01:01 PM
1
1 reads 0 reactions

करिब ६ महिनादेखि रिक्त कोषको सदस्य सचिवमा मंगलबारको मन्त्रिपरिषद् बैठकले पाण्डेयलाई नियुक्त गरेको हो । सरकारले १२ पदका लागि खुला आवेदन माग गर्दा ७ सय २७ जनाको आवेदन परेको थियो, जसमध्ये सदस्यसचिव पदमा मात्रै २ सय ९ जनाको आवेदन परेको थियो ।

पूर्वाधार विकासमन्त्रीका सल्लाहकार लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

करिब ६ महिनादेखि रिक्त कोषको सदस्य सचिवमा मंगलबारको मन्त्रिपरिषद् बैठकले पाण्डेयलाई नियुक्त गरेको हो । सरकारले १२ पदका लागि खुला आवेदन माग गर्दा ७ सय २७ जनाको आवेदन परेको थियो, जसमध्ये सदस्यसचिव पदमा मात्रै २ सय ९ जनाको आवेदन परेको थियो ।

लुम्बिनी — पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका प्रमुख सल्लाहकार सन्तोष पाण्डेय लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त भएका छन् ।

करिब ६ महिनादेखि रिक्त कोषको सदस्य सचिवमा मंगलबारको मन्त्रिपरिषद् बैठकले पाण्डेयलाई नियुक्त गरेको हो । सरकारले १२ पदका लागि खुला आवेदन माग गर्दा ७ सय २७ जनाको आवेदन परेको थियो, जसमध्ये सदस्यसचिव पदमा मात्रै २ सय ९ जनाको आवेदन परेको थियो ।

पूर्वाधार विकास, संरचनागत इन्जिनियरिङ तथा सहरी योजना व्यवस्थापनका क्षेत्रमा राम्रो ज्ञान र अनुभव मानिने पाण्डेय रुपन्देही तिलोत्तमाका हुन् । उनी पूर्वाधार विकासमन्त्री लम्सालका प्रमुख सल्लाहकारका रूपमा कार्यरत थिए । उनको नियुक्तिसंगै लुम्बिनी विकास गुरुयोजनाको अधुरो काम सम्पन्न गरी लुम्बिनीको विकासले गति लिने अपेक्षा गरिएको छ ।

सदस्य सचिव कोषको प्रमुख कार्यकारी हुन् ।

कोष १९ वैशाखदेखि पदाधिकारीविहीन थियो । त्यस्तै ४ जना कोषको परिषद् सदस्यमा नियुक्त भएका छन् । डा. अमित केसी, अर्जुन कुर्मी, उपेखा गुरुमा र दिपक कौशल रहेका छन् । उनीहरु चारै जना रुपन्देहीका हुन् । चारै जनाले नियुक्ति पत्र बुझेको अर्जुन कुर्मीले बताए ।

सरकारले असोज ३० गते लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिकासमेत रहेकी आनी छोइङ डोल्मालाई नियुक्त गरेको थियो । तर उनको नियुक्तिको विषयलाई लिएर विरोध भइरहेको छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
7h ago
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।

#नियुक्त
Compare →
Hamro Patro News
10h ago
सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

सर्वोच्चमा ४ न्यायाधीश नियुक्त ६ मिनेट अघि काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएर संसदीय सुनुवाइबाट अनुमोदित भएका चार जना नियुक्त भएका छन्। न्याय परिषद्को सिफारिसको आधारमा राष्ट्रपत...

#नियुक्त
Compare →
Arthasansar
10h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#नियुक्त
Compare →
Bizshala
10h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#नियुक्त
Compare →

Related Stories

Politics & Governance
Build #2611