Trending
Prev Story
Next Story

कर्णाली मन्त्रिपरिषद् : निवृत्तिभरण कोष र खानेपानी तथा सरसफाइसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति

Ekantipur •
November 03, 2026 • 01:01 PM
1
1 reads 0 reactions

बैठकले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) सम्बन्धी निर्देशिका, २०८३ तथा कर्णाली प्रदेश लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि, २०८३ पनि स्वीकृत गरेको प्रवक्ता खड्काले जानकारी दिइन्।

कर्णाली मन्त्रिपरिषद् : निवृत्तिभरण कोष र खानेपानी तथा सरसफाइसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति

बैठकले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) सम्बन्धी निर्देशिका, २०८३ तथा कर्णाली प्रदेश लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि, २०८३ पनि स्वीकृत गरेको प्रवक्ता खड्काले जानकारी दिइन्।

काठमाडौँ — कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दुईवटा विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले योगदानमा आधारित निवृत्तिभरण कोष र खानेपानी तथा सरसफाइसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काका अनुसार बैठकले पाँचवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकले योगदानमा आधारित निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) सम्बन्धी विधेयक, २०८३ र कर्णाली प्रदेश खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको छ।

त्यस्तै, बीउबिजन परीक्षण तथा गुणस्तर नियमन केन्द्र र बीउबिजन परीक्षण प्रयोगशालाको कार्य गर्ने निकाय तोक्ने निर्णय गरेको छ।

बैठकले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) सम्बन्धी निर्देशिका, २०८३ तथा कर्णाली प्रदेश लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि, २०८३ पनि स्वीकृत गरेको प्रवक्ता खड्काले जानकारी दिइन्।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1d ago
नेतान्याहुलाई  प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

काठमाण्डौ । इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सीबीच बेन्जामिन नेतान्याहुको अर्को कार्यकाल रोक्न सक्ने कानुनी...

#विधेयक #पेस
Compare →
Onlinekhabar
1d ago
नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आइजेनकोटको योजना, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आइजेनकोटको योजना, संसद्‌मा विधेयक पेस

२६ कात्तिक, काठमाडौं । इजरायलमा बेन्जामिन नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्न गादी आइजेनकोटले ठूलो कदम चालेका छन्। आइजेनकोटले आफ्ना सहकर्मीहरूसँग मिलेर संसद्‌मा ८ वटा विधेयक पेस गरेका छन्। यसमध्ये एउटा विधेयक पारित भएमा भ्रष्टाचारका मामिलामा मुद्दा खेपिरहेका …

#विधेयक #पेस
Compare →
Hamro Patro News
12h ago
भीमफेदी दुर्घटना: १४ जनाको निधनप्रति मन्त्रिपरिषद्द्वारा दुःख व्यक्त, छानबिन समिति गठन र राहतको पहल

भीमफेदी दुर्घटना: १४ जनाको निधनप्रति मन्त्रिपरिषद्द्वारा दुःख व्यक्त, छानबिन समिति गठन र राहतको पहल

काठमाडौं - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहीबार बिहान भएको भयानक सवारी दुर्घटनाप्रति गहिरो दुःख...

#मन्त्रिपरिषद्
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#कर्णाली
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#कर्णाली
Compare →

Related Stories

Politics & Governance
Build #2611