लुम्बिनी लायन्सका बलरले कसिलो बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्स ९७ रनमै सीमित भएको छ। पहिलो जितको खोजीमा रहेको पोखराले मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको छ। लुम्बिनीले जितका लागि ९८ रनको लक्ष्य पाएको छ।
एनपीएलमा मंगलबार आजको दोस्रो खेल । लुम्बिनी लायन्स र पोखरा एभेञ्जर्सबीच कडा प्रतिस्पर्धा हुँदैछ । यो खेलको छिनछिनको अपडेटका लागि कान्तिपुर मिडिया ग्रुपका खेल ब्युरो प्रमुख विनोद पाण्डेसहित हिमेश बज्राचार्य, कञ्चन अधिकारी र ध्रुव तुलाधर कीर्तिपुरस्थित क्रिकेट मैदानको मिडिया सेन्टरमा छन् । फोटो पत्रकारहरू हेमन्त श्रेष्ठ र अंगद ढकालले त्यहाँका रोचक दृश्यहरू खिचिरहेका छन् । छिनछिनको अपडेटका लागि हामीसँगै रहनुहोस ।
पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य दिएको छ ।
अभिशेष गौतमले किरण ठगुन्नालाई आउट गरेका छन्। ठगुन्ना ६ बलमा १२ रन बनाएर कट एन्ड बोल्ड भए। उनले यसअघि अभिशेषकै बलमा चौका र छक्का प्रहार गरेका थिए। १७ ओभरको समाप्तिमा पोखरा एभेन्जर्सले ८ विकेट गुमाएर ७० रन बनाएको छ। चमिका करुणारत्ने ७ बलमा ६ रन बनाएर क्रिजमा छन्। अभिशेषले चार ओभरमा १५ रन खर्चेर १ विकेट लिए।
पोखरा एभेन्जर्सले १६ ओभरको समाप्तिमा ७ विकेट गुमाएर ६३ रन बनाएको छ। सो ओभरमा पोखराले १२ रन जोड्दा एक विकेट गुमायो। किरण ठगुन्ना ३ बलमा ७ र चमिका करुणारत्ने ४ बलमा ४ रन बनाएर क्रिजमा छन्। तिलकराज भण्डारीले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए।
पोखरा एभेन्जर्सले १४ ओभरको समाप्तिमा ५ विकेट गुमाएर ४६ रन बनाएको छ। चौधौं ओभरमा तिलकराज भण्डारीले २ रन मात्र खर्चिए। महेदी हसन २० बलमा १० र अर्जुन घर्ती १९ बलमा ६ रन बनाएर क्रिजमा छन्।
ड्रिङ्क्स ब्रेक भएको छ । खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स पूर्ण रूपमा हावी देखिन्छ । १० ओभरको समाप्तिमा पोखराले शीर्ष क्रमका ५ ब्याटर गुमाइसकेको छ भने मात्र ३९ रन बनाएको छ ।
क्रिजमा मेहदी हसन छन् भने उनलाई अर्को एन्डबाट अर्जुन घर्तीले साथ दिइरहेका छन् । पहिलो जितको खोजीमा रहेको पोखरा ठूलो समस्यामा छ । पोखरालाई रक्षा गर्न योग्य योगफलसम्म पुर्याउन यो जोडीले रन अघि बढाउँदै साझेदारी गर्नुपर्नेछ । अहिलेसम्म पोखराले लुम्बिनीलाई खास चुनौती दिन सकेको छैन ।
जारी एनपीएलमा बलिङमा प्रभावशाली देखिए पनि ब्याटबाट खास प्रदर्शन गर्न नसकेका शकिब अल हसनको ब्याट चलेन । उनी मात्र ३ रन बनाएर रोहित पौडेलको बलमा आसिफ शेखको हातबाट क्याच आउट भए । यससँगै पहिलो जितको खोजीमा रहेको पोखराको पाँचौं विकेट पतन भएको छ ।
पोखरा एभेन्जर्स खराब अवस्थामा पुगे पनि कप्तान कुशल भुर्तेल क्रिजमा टिक्न सकेनन्। खराब लयबाट गुज्रिरहेका कुशल १४ रनमा तिलकराज भण्डारीको बलमा रुबेन ट्रम्पलम्यानको हातबाट क्याच आउट भए। मात्र २९ रन जोड्दा चार विकेट गुमाएको पोखरा संकटमा परेको छ भने लुम्बिनीले खेलमा पकड जमाएको छ।
पोखरा एभेन्जर्सले ६ ओभरको समाप्तिमा ३ विकेट गुमाएर २३ रन बनाएको छ। छैटौं ओभरको अन्तिम बलमा कुशल भुर्तेलले शेर मल्ललाई चौका प्रहार गरे। भुर्तेल १६ बलमा ११ र शाकिब अल हसन ३ बलमा शून्य रन बनाएर क्रिजमा छन्।
रुबेन ट्रम्पलमनले तेस्रो ओभरको पहिलो बलमै सादिरा समरविक्रमालाई आउट गरेका छन्। समरविक्रमा ८ बलमा ७ रन बनाएर अभिशेष गौतमको हातबाट क्याच भए। ट्रम्पलमनले दोस्रो विकेट लिएपछि पोखरा एभेन्जर्सले ३ ओभरको समाप्तिमा २ विकेट गुमाएर १२ रन बनाएको छ। कुशल भुर्तेल ३ र बासिर अहमद शून्य रनमा क्रिजमा छन्।
एनपीएलमा मंगलबार आजको दोस्रो खेल । लुम्बिनी लायन्स र पोखरा एभेञ्जर्सबीच कडा प्रतिस्पर्धा हुँदैछ । यो खेलको छिनछिनको अपडेटका लागि कान्तिपुर मिडिया ग्रुपका खेल ब्युरो प्रमुख विनोद पाण्डेसहित हिमेश बज्राचार्य, कञ्चन अधिकारी र ध्रुव तुलाधर कीर्तिपुरस्थित क्रिकेट मैदानको मिडिया सेन्टरमा छन् । फोटो पत्रकारहरू हेमन्त श्रेष्ठ र अंगद ढकालले त्यहाँका रोचक दृश्यहरू खिचिरहेका छन् । छिनछिनको अपडेटका लागि हामीसँगै रहनुहोस ।
पहिलो ओभरमा पोखरा एभेन्जर्सले ६ रन बनाउँदा एक विकेट गुमाएको छ। रुबेन ट्रम्पलमनले दोस्रो बलमा अर्जुन कुमाललाई शून्य रनमा बोल्ड गरे। त्यसपछि कुशल भुर्तेल र सादिरा समरविक्रमाले थप ६ रन जोडे। समरविक्रमाले चौथो बलमा चौका प्रहार गरे।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबारको दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा लुम्बिनीलाई जित हात पार्दै शीर्ष स्थानमा उक्लने अवसर छ । पोखरा भने प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ ।
लुम्बिनीले यसअघि खेलेका २ खेलमा १ जित र १ हार बेहोरेको छ । ३ अंकसहित पाँचौं स्थानमा रहेको लुम्बिनीले आजको खेल जितेमा ५ अंकसहित शीर्ष स्थानमा पुग्नेछ ।
पोखराले भने यसअघिका दुवै खेल गुमाएको छ । अंकविहीन पोखरा आठौं स्थानमा छ । पोखरालाई प्रतियोगितामा आफ्नो पहिलो जित निकाल्दै अंकको खाता खोल्ने अवसर हुनेछ ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।