काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले) मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्ताहरूलाई विद्रोह गरी पार्टी एकता प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन्।
मङ्गलबार काठमाडौँमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले एमाले व्यक्ति विशेषले कब्जा गरेको टिप्पणी गरे। उनले उकुसमुकुसपूर्ण वातावरणमा बसिरहेका नेता-कार्यकर्तालाई विद्रोह गरेर वा सिङ्गै पार्टी नै लिएर एकतामा आउन आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् ( hamrakura.com )