Trending
Prev Story
Next Story

चेम्बर अध्यक्ष अग्रवाल र पाकिस्तानी राजदूत खान बीच भेटवार्ता, नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

Hamro Patro News •
November 03, 2026 • 10:13 AM
1
1 reads 0 reactions

काठमाडौं- नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल चेम्बर अफ...

1 / 2
Swipe Photos

काठमाडौं- नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानबीच मंगलबार चेम्बर भवनमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको व्यापार तथा लगानी अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको हो ।

भेटमा अध्यक्ष अग्रवालले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै लामो समयदेखिको सम्बन्धलाई अब व्यावहारिक आर्थिक उपलब्धिमा रूपान्तरण गर्नुपर्ने बताए । सन् १९८२ मा द्विपक्षीय व्यापार सम्झौता र सन् १९८३ मा संयुक्त आर्थिक आयोग स्थापना भए पनि अपेक्षाअनुसार व्यापारिक गतिविधि विस्तार हुन नसकेको उनको भनाइ थियो । उनले औपचारिक सम्झौता र कूटनीतिक संवादमा मात्र सीमित नभई दुवै देशका निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्पर्क (बीटुबी), बजार पहुँच, संयुक्त लगानी र व्यापारिक साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए ।

Read full story at source ( ajakoartha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
लाओससँग व्यापार र लगानी विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स गठनको पहल

लाओससँग व्यापार र लगानी विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स गठनको पहल

काठमाण्डौ । नेपाल र लाओसबीच व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदान विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स...

#चेम्बर #विस्तार
Compare →
Nagarik News
1d ago
डिजिटल रूपान्तरण लागि नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने

डिजिटल रूपान्तरण लागि नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने

भेटवार्तामा सञ्चारमन्त्री डा तिमिल्सिनाले डिजिटल सुशासनका क्षेत्रमा इस्टोनियाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै नेपालले त्यसबाट महत्त्वपूर्ण अनुभव र सिकाइ प्राप्त गर्न सक्ने बताए।

#सहकार्य #विस्तार
Compare →
Ekantipur
1w ago
इमर्जिङ नेपालबाट सबै सेयर बिक्री गर्दै अशोक कुमार अग्रवाल

इमर्जिङ नेपालबाट सबै सेयर बिक्री गर्दै अशोक कुमार अग्रवाल

उनले एक लाख २५ हजार १० कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।

#अग्रवाल
Compare →
Onlinekhabar
1w ago
टिकटकसँगको सहकार्यमा ‘भिजिट नेपाल’ अभियान सुरु

टिकटकसँगको सहकार्यमा ‘भिजिट नेपाल’ अभियान सुरु

२० कात्तिक, काठमाडौं । नेपाललाई विश्व पर्यटन बजारमा नयाँ ढङ्गले चिनाउने उद्देश्य सहित नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल प्ल्याटफर्म टिकटकको सहकार्यमा भिजिट नेपाल अभियान औपचारिक रूपमा सुरु गरिएको छ । डिजिटल प्रविधि, सिर्जनात्मक …

#सहकार्य
Compare →

Related Stories

National (Nepal)
Build #2612