Trending
Prev Story
Next Story

नेपालकै पहिलो पटक इक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा इक्मो सेवा सुरु

Onlinekhabar •
November 03, 2026 • 09:01 AM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं ।  मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले पहिलोपटक एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन इक्मो सञ्चालनमा ल्याएको छ । इन्फ्लुएन्जा भाइरसका कारण गम्भीर प्रकारको एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोमबाट पीडित ४३ वर्षीय पुरुष बिरामी इक्मोसहितको उपचारपछि स्वास्थ्यलाभ गरी अस्पतालबाट …

नेपालकै पहिलो पटक इक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा इक्मो सेवा सुरु

१७ कात्तिक, काठमाडौं ।  मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले पहिलोपटक एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन इक्मो सञ्चालनमा ल्याएको छ ।

इन्फ्लुएन्जा भाइरसका कारण गम्भीर प्रकारको एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोमबाट पीडित ४३ वर्षीय पुरुष बिरामी इक्मोसहितको उपचारपछि स्वास्थ्यलाभ गरी अस्पतालबाट मंगलबार साँझ डिस्चार्ज गर्ने तयारी छ ।

उपचामा अस्पतालका सघन उपचार सेवाका प्रमुख डा. प्रदीप तिवारीसहित सघन उपचार विशेषज्ञ डा. आनन्द ठाकुर, डा. सन्तोष आचार्य, डा. वीरेन्द्र राउत, कार्डियोथोरासिक तथा भास्कुलर सर्जन (सीटीभीएस) डा. सम्पूर्ण तुलाधर, पर्फ्युजनिस्ट इशान जोशी तथा एनेस्थेसियोलोजिस्ट डा. दीपक भण्डारी गायतका चिकित्सक र नर्सिङ स्टाफहरू संलग्न थिए ।

आईसीयू विभाग प्रमुख तिवारीका अनुसार इक्मो एक अत्याधुनिक जीवनरक्षक प्रणाली हो । यसले मुटु र फोक्सोमा गम्भीर समस्या भएका बिरामीको फोक्सोको काम र आवश्यकता अनुसार मुटुको अस्थायी रूपमा काम गर्छ ।

इक्मोले शरीरबाट रगतबाट रगत बाहिर निकालेर त्यसमा अक्सिजन थप्छ र कार्बन डाइअक्साइड हटाएर प्रशोधित रगत पुन: शरीरमा पठाउँछ ।

‘सामान्य रुपमा भन्नुपर्दा भाइरल संक्रमणपछि बिरामीको फोक्सोमा देखिएको गम्भिर प्रकारको संक्रमणको उपचारका लागि उहाँको फोक्सोलाई आराम दिन विशेष प्रकारको इक्मो मेसिनको सहायता आवश्यक परेको थियो,’ डा.तिवारीले भने , ‘उहाँलाई इक्मो मेसिनमा जोडिएको थियो । इक्मो मेसिनमा जोडिएपछि उहाँको फोक्सोलाई मेसिनले सपोर्ट गर्न थालेको थियो ।’

ती बिरामीलाई ११ दिन इक्मोको साहयता तथा १४ दिन भेन्टिलेटरको साहयतामा उपचार गरी असोज १७ गते सघन उपचार कक्ष (आईसीयू)बाट डिस्चार्ज गरी मंगलबार घर पठाउने तयारी छ ।

उपचारमा संलग्न इक्मो स्पेसलिस्ट तथा क्रिलिकल केयर विशेषज्ञ डा. आनन्द ठाकुरका अनुसार ईक्मो प्रणाली एआरडीएस, पलमोनरी इम्बोलिजम, गम्भीर हृदयघात र मुटु फोक्सो प्रत्यारोपण जस्ता रोगहरूमा प्रयोग गरिन्छ ।

‘यस उपलब्धिसँग जोडिएको अर्को महत्त्वपूर्ण पक्ष भनेको इक्मो रिट्रिभल सेवा हो । इक्मो रिट्रिभलमा इक्मो आवश्यकता रहेका गम्भीर बिरामी उपचाररत अस्पतालसम्मै विशेषज्ञ टोली आवश्यक उपकरणका साथ पुगी उपयुक्त अवस्थामा उपचार सुरु गर्ने तथा आवश्यकताअनुसार बिरामीलाई इक्मो सेवा उपलब्ध केन्द्रसम्म सुरक्षित रूपमा ल्याउने प्रक्रिया हो,’ ठाकुरले भने ।

उनका अनुसार यस्तो सेवा सञ्चालनका लागि बिरामीको तत्काल मूल्याङ्कन, उद्धारको योजना, दक्ष जनशक्ति, विशेष उपकरण र उपचारका विभिन्न चरणमा प्रभावकारी समन्वय आवश्यक हुन्छ ।

‘नेपालमै यस्तो सेवा सञ्चालन हुनु देशको क्रिटिकल केयर सेवालाई थप सक्षम बनाउने दिशामा महत्त्वपूर्ण कदम हो । यो नेपालकै पहिलो इक्मो रिट्रिभल केस पनि हो,’ उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
12h ago
सरकारले कार्यशैली नसच्याए फेरि भदौ २४ भोग्नुपर्ने हुन्छ : सहमहामन्त्री शिवाकोटी

सरकारले कार्यशैली नसच्याए फेरि भदौ २४ भोग्नुपर्ने हुन्छ : सहमहामन्त्री शिवाकोटी

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरूमाथि हस्तक्षेप बढाउँदै लगेको आरोप लगाएका छन् । काठमाडौंमा शु...

#कात्तिक #काठमाडौं
Compare →
Bizshala
14h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#कात्तिक #काठमाडौं
Compare →
Nagarik News
13h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#काठमाडौं #पटक
Compare →

Related Stories

Health & Wellness
Build #2612