Trending
Prev Story
Next Story

अपि हिमाल पर्यटन महोत्सव २०८३ सुरु

Onlinekhabar •
November 03, 2026 • 09:01 AM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । दार्चुलाको अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि तीनदिने ‘अपि हिमाल पर्यटन महोत्सव २०८३’ सुरु भएको छ । अपि हिमाल गाउँपालिका–१ स्थित पिल्कन्द, अपिहिमाल आधार शिविर क्षेत्रमा आयोजना हुने महोत्सवमार्फत गाउँपालिकाले …

अपि हिमाल पर्यटन महोत्सव २०८३ सुरु

१७ कात्तिक, काठमाडौं । दार्चुलाको अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि तीनदिने ‘अपि हिमाल पर्यटन महोत्सव २०८३’ सुरु भएको छ ।

अपि हिमाल गाउँपालिका–१ स्थित पिल्कन्द, अपिहिमाल आधार शिविर क्षेत्रमा आयोजना हुने महोत्सवमार्फत गाउँपालिकाले अपि हिमालको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको छ ।

अपिहिमाल, कालीढुंगा, रिछार्दे र बयेली ताल, धर्मी गुफा, मार्कण्डेय गुफा, चमेलिया नदीको उद्गमस्थल तथा विशाल पाटन यस क्षेत्रका प्रमुख पर्यटकीय आकर्षण हुन् । प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गरी स्थानीयको आयआर्जन र रोजगारी बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले महोत्सव मनोरञ्जन र सांस्कृतिक कार्यक्रमको आयोजनामा मात्र सिमित नभई अपिहिमालको पहिचान बाहिरी संसारसम्म पुर्‍याउने अभियान भएको बताए ।

पर्यटन विकासमार्फत स्थानीय अर्थतन्त्र बलियो बनाउने र युवालाई गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने गाउँपालिकाको लक्ष्य रहेको उनको भनाइ छ ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा सांस्कृतिक झाँकी, साहित्यिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारका प्रश्तुति, मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता, योग, ध्यान र जलवायु परिवर्तनसम्बन्धी संवादलगायत कार्यक्रम समावेश गरिएका छन् ।

मोत्सवमा सहभागी हुने पर्यटकका लागि आवास, सूचना, स्वास्थ्य र सुरक्षासम्बन्धी व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । महोत्सवलाई स्थानीय उत्पादनको बजार विस्तार गर्ने अवसरका रूपमा समेत हेरिएको छ । पर्यटकको आगमन बढेसँगै होमस्टे, होटल, कृषि उत्पादन, हस्तकला तथा घरेलु उद्यमले बजार पाउने स्थानीय उद्यमी तथा व्यवसायीको अपेक्षा छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा १० हजार पर्यटक भिर्त्याउने लक्ष्य राखेको छ । यसअघि वार्षिक पाँच हजारभन्दा बढी पर्यटक आउने गरेको विवरणका आधारमा पर्यटकको संख्या दोब्बर बनाउने लक्ष्य लिइएको हो ।

तर महोत्सवका तीन दिनमा मात्र पर्यटकको चहलपहल बढाएर अपेक्षित उपलब्धि हासिल नहुने भएकाले वर्षभरि पर्यटक आकर्षित गर्ने पूर्वाधार, आवास, सूचना तथा सुरक्षा व्यवस्थापनलाई निरन्तरता दिनुपर्ने चुनौती गाउँपालिकासामु छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
14h ago
नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का...

#पर्यटन
Compare →
Hamro Patro News
1d ago
जनकपुरमा छठको खरना महोत्सव

जनकपुरमा छठको खरना महोत्सव

जनकपुरमा छठको खरना महोत्सव खरना महोत्सवमा ५० जना छठ व्रतालुको सहभागिता थियो । कार्तिक २६, २०८३ अजित तिवारी जनकपुर — छठको पूर्वसन्ध्यामा जनकपुरमा पहिलोपटक खरना महोत्सव गरिएको छ । होटेल तथा पर्यट...

#महोत्सव
Compare →
Nagarik News
1d ago
हिमालको पीडा विश्वकै चुनौती : जलवायु संकट समाधानका लागि परराष्ट्रमन्त्री खनालको पाँचबुँदे प्रस्ताव

हिमालको पीडा विश्वकै चुनौती : जलवायु संकट समाधानका लागि परराष्ट्रमन्त्री खनालको पाँचबुँदे प्रस्ताव

परराष्ट्रमन्त्री शिशिर खनालले हिमालको संरक्षणलाई विश्वव्यापी जलवायु नीतिको प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

#हिमाल
Compare →
Ekantipur
2d ago
पोखराको भाइटीका महोत्सवमा १७ देशका ५१ विदेशी पर्यटकले लगाए भाइटीका

पोखराको भाइटीका महोत्सवमा १७ देशका ५१ विदेशी पर्यटकले लगाए भाइटीका

नेपाली संस्कृति र परम्परासँग विदेशी पर्यटकलाई जोड्ने उद्देश्यले आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होम्सका बालिकाले पर्यटकलाई भाइटीका लगाइदिएका थिए । सेलरोटी र देउसी–भैलोसहित महोत्सव मनाइएको थियो ।

#महोत्सव
Compare →

Related Stories

Science & Climate
Build #2611