Trending
Prev Story
Next Story

एन्फा निलम्बन फुकुवाका लागि फिफा र एएफसीसँग निर्णायक वार्ता गर्न खेलकुदमन्त्री पोखरेल थाइल्याण्ड जाने

Ekantipur •
November 03, 2026 • 06:32 AM
1
1 reads 0 reactions

निलम्बन हटाउन फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का उच्च पदाधिकारीहरूसँग 'निर्णायक' वार्ता गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल थाइल्यान्ड जाने भएका छन्।

एन्फा निलम्बन फुकुवाका लागि फिफा र एएफसीसँग निर्णायक वार्ता गर्न खेलकुदमन्त्री पोखरेल थाइल्याण्ड जाने

निलम्बन हटाउन फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का उच्च पदाधिकारीहरूसँग 'निर्णायक' वार्ता गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल थाइल्यान्ड जाने भएका छन्।

काठमाडौँ — विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको अनिश्चितकालीन निलम्बन फुकुवाका लागि सरकारले उच्चस्तरीय कूटनीतिक पहल तीव्र पारेको छ।

निलम्बन हटाउन फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का उच्च पदाधिकारीहरूसँग 'निर्णायक' वार्ता गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल थाइल्यान्ड जाने भएका छन्।

आगामी १९ नोभेम्बर मा बैंककमा आयोजना हुने ‘एएफसी अवार्ड्स २०२६’ को अवसर पारेर मन्त्री पोखरेल नेतृत्वको नेपाली टोलीले फिफा र एएफसीको शीर्ष नेतृत्वसँग प्रत्यक्ष वार्ता गर्ने कार्यक्रम तय भएको एन्फा स्रोतले बताएको हो।

तेस्रो पक्षको हस्तक्षेप भएको जनाउँदै फिफाले एन्फालाई अनिश्चितकालका लागि निलम्बित गरेको थियो। त्यसयता नेपाली फुटबल अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिबाट वञ्चित हुँदै आएको छ।

एन्फा स्रोतका अनुसार यसअघि नेपाल सरकार र फिफाका प्रतिनिधिहरूबीच भर्चुअल माध्यमबाट प्रारम्भिक छलफल भइसकेको छ। सोही संवादको निरन्तरता स्वरूप बैंककमा फेस-टु-फेस निर्णायक वार्ता हुन लागेको हो।

‘एएफसीको निमन्त्रणामा मन्त्रीज्यू बैंकक जान लाग्नुभएको हो। तर, भ्रमणको मुख्य उद्देश्य भनेको फिफा र एएफसीका उच्च पदाधिकारीहरूसँग बसेर एन्फाको निलम्बन फुकुवा गराउनु नै हो,’ एन्फा स्रोतले भन्यो, ‘दुवै निकाय निलम्बन हटाउने विषयमा सकारात्मक रहेकाले यो वार्ताबाट ठोस र सकारात्मक निकास निस्कने अपेक्षा गरेका छौं।’

एएफसीको आधिकारिक निमन्त्रणामा बैंकक जान लागेका मन्त्री पोखरेलले अवार्ड समारोहमा सहभागी हुनुका साथै एसियाली तथा अन्तर्राष्ट्रिय फुटबलका प्रतिनिधिहरूसँग नेपालको फुटबल संकट समाधानका लागि लबिङ गर्नेछन्।

विनयज्योति सापकोटा कान्तिपुर टेलिभिजनका खेलकूद संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
खेलकुदमन्त्री पोखरेल थाइल्यान्ड जाने, एन्फाको निलम्बन फुकुवाका लागि वार्ता हुने

खेलकुदमन्त्री पोखरेल थाइल्यान्ड जाने, एन्फाको निलम्बन फुकुवाका लागि वार्ता हुने

१६ कात्तिक, काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) को आयोजनामा हुने एएफसी अवार्ड्समा सहभागी हुन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल थाइल्यान्ड जाने भएका छन् । एएफसीको निमन्त्रणामा मन्त्री पोखरेल थाइल्यान्ड जान लागेको राखेप स्रोतले …

#एएफसी #पोखरेल #एन्फा
Compare →
Hamro Patro News
1w ago
नेपालले गुमायो साफ च्याम्पियनसिप खेल्ने अवसर

नेपालले गुमायो साफ च्याम्पियनसिप खेल्ने अवसर

काठमाडौँ । बङ्गलादेशको राजधानी ढाकामा बिहीबारदेखि सुरु हुने साफ च्याम्पियनसिप २०२६ मा नेपाल सहभागी नहुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) माथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले लगाएको प्...

#फिफा #फुटबल
Compare →
Nagarik News
1w ago
एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

निर्दलीय पञ्चायकालीन समयमा वामपन्थी नेताहरूलाई दोलखा जिल्लामा आश्रय दिने रनधता पोखरेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

#पोखरेल
Compare →
Arthasansar
1w ago
आईजीपी हटाउने विषयमा पार्टीबाट पनि निर्देशन आएको थियो - प्रवक्ता पोखरेल

आईजीपी हटाउने विषयमा पार्टीबाट पनि निर्देशन आएको थियो - प्रवक्ता पोखरेल

नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउन पार्टी(रास्वपा)बाट पनि निर्देशन आएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका...

#पोखरेल
Compare →

Related Stories

Sports
Build #2611