Trending
Prev Story
Next Story

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

Nagarik News •
November 06, 2026 • 05:52 AM
1
1 reads 0 reactions

निर्दलीय पञ्चायकालीन समयमा वामपन्थी नेताहरूलाई दोलखा जिल्लामा आश्रय दिने रनधता पोखरेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

निर्दलीय पञ्चायकालीन समयमा वामपन्थी नेताहरूलाई दोलखा जिल्लामा आश्रय दिने रनधता पोखरेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिस्थित आर्यघाटमा आज दिवङ्गत पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली प्रकट गरे। ९१ वर्षीया उनको भक्तपुरको लोकन्थलीस्थित बिहीबार साँझ निधन भएको थियो।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, पूर्वसभामुख देवराज घिमिरेलगायतका महानुभाव आज आर्यघाट जानु भइ मुलुकमा लोकतन्त्र स्थापनाका लागि उनले खेलेको योगदानप्रति उच्च सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गरे।

पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी आमासमेत रहेकी स्व पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले सचिव भानुभक्त ढकाल, पूर्वमन्त्री पार्वत गुरुङ, सङ्घीय सांसद, प्रदेशसभाका सदस्य, बागमती प्रदेशका पूर्वमन्त्री रचना खड्कालगायतका नेता आर्यघाट पुगेका थिए।

पञ्चायकालको भूमिगत जीवनमा अध्यक्ष ओली, पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा नेताहरु अमृत बोहरा, केशव बडाल, माधव पौडेललगायतलाई उनले आश्रय दिएका थिए।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। स्व पोखरेलका दुई छोरा र दुई छोरी छन्।

प्रकाशित: २० कार्तिक २०८३ ११:३७ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
5d ago
इरानको आणविक स्थलबारे सुचना दिनेलाई अमेरिकाले २ करोड डलर पुरस्कार दिने

इरानको आणविक स्थलबारे सुचना दिनेलाई अमेरिकाले २ करोड डलर पुरस्कार दिने

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण ऊर्जा प्रयोजनका लागि मात्रै प्रयोग हुने बताउँदै आएको छ । तर, अमेरिकाले इरानमाथि आणविक हतियार बनाएको आरोप लगाएर २८ फेब्रुअरीमा युद्ध सुरु गरेको थियो । उक्त युद्ध अहिलेसम्म पनि जारी छ

#दिने
Compare →
Hamro Patro News
5d ago
इरानको आणविक कार्यक्रमबारे सुराकी दिनेलाई २ करोड डलर पुरस्कार दिने अमेरिकाको घोषणा

इरानको आणविक कार्यक्रमबारे सुराकी दिनेलाई २ करोड डलर पुरस्कार दिने अमेरिकाको घोषणा

वाशिङ्गटन । संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रमका बारेमा महत्त्वपूर्ण जानकारी दिने व्यक्तिलाई २ करोड अमेरिकी डलरसम्मको पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयको ‘रिवार्ड्स ...

#दिने
Compare →
Onlinekhabar
6d ago
इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई अमेरिकाले २ करोड डलरसम्म पुरस्कार दिने

इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई अमेरिकाले २ करोड डलरसम्म पुरस्कार दिने

२१ कात्तिक, काठमाडौं । अमेरिकाले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित व्यक्ति, स्थान, प्रविधि तथा उपकरणबारे सूचना दिनेलाई २ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयको ‘रिवाड्र्स फर जस्टिस’ कार्यक्रमले सामाजिक सञ्जाल एक्समार्फत …

#दिने
Compare →

Related Stories

Politics & Governance
Build #2611