इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण ऊर्जा प्रयोजनका लागि मात्रै प्रयोग हुने बताउँदै आएको छ । तर, अमेरिकाले इरानमाथि आणविक हतियार बनाएको आरोप लगाएर २८ फेब्रुअरीमा युद्ध सुरु गरेको थियो । उक्त युद्ध अहिलेसम्म पनि जारी छ
वासिङ्टन — अमेरिकाले इरानको आणविकस्थलबारे सुचना दिनेलाई दुई करोड डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ। यस्तो सूचना दिने व्यक्तिको सुरक्षाका लागि विशेष व्यवस्थासमेत मिलाइने अमेरिकी विदेश विभागले जनाएको छ ।
इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण ऊर्जा प्रयोजनका लागि मात्रै प्रयोग हुने बताउँदै आएको छ । तर, अमेरिकाले इरानमाथि आणविक हतियार बनाएको आरोप लगाएर २८ फेब्रुअरीमा युद्ध सुरु गरेको थियो । उक्त युद्ध अहिलेसम्म पनि जारी छ ।
यसैबीच, अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानको हतियार तथा प्रतिबन्धित सामग्रीको ओसारपसार रोक्न 'टास्क फोर्स आइरन गेट' गठन गर्ने घोषणा गरेको छ। फ्लोरिडाबाट सञ्चालन हुने यो टोलीले अवैध राजस्व स्रोतलाई समेत निगरानी गर्नेछ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँग इरानको असहयोगका कारण युरेनियम समृद्धीकरणका लागि आवश्यक सेन्ट्रिफ्युजको उत्पादन र भण्डारको सही तथ्याङ्क पाउन कठिन भएको अमेरिकी अधिकारीहरूको भनाइ छ।
गत नोभेम्बर ३ मा सम्पन्न मध्यावधि निर्वाचनपछि अमेरिकाले आक्रमण पुनः सुरु गर्ने आशंका गरिएको भए पनि ट्रम्पले आफू हतारमा नरहेको बताएका छन्। साथै, युद्धविरोधी जनमतका कारण रिपब्लिकन पार्टीलाई क्षति पुगेको स्वीकार गर्दै ह्वाइट हाउसले अब तनाव नबढाउने संकेत पनि देखाएको छ।
कतारी मध्यस्थकर्ताहरूको पहलमा अमेरिका र इरानबीच सम्झौताको प्रयास भइरहेको छ भने हर्मुज जलमार्ग खुलाउने विषयमा समेत कुराकानी अघि बढेको छ।