Trending
Prev Story
Next Story

आईजीपी हटाउने विषयमा पार्टीबाट पनि निर्देशन आएको थियो - प्रवक्ता पोखरेल

Arthasansar •
November 04, 2026 • 10:34 AM
1
1 reads 0 reactions

नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउन पार्टी(रास्वपा)बाट पनि निर्देशन आएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका...

आईजीपी हटाउने विषयमा पार्टीबाट पनि निर्देशन आएको थियो - प्रवक्ता पोखरेल

नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउन पार्टी(रास्वपा)बाट पनि निर्देशन आएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन् ।

‘धेरै ठाउँबाट अहिले बदलिँदो परिस्थिति छ । संवेदनशील विषयमा सरकारले केही गर्नुप¥यो भन्ने पार्टीबाट निर्देशन आएको थियो,’ मन्त्रिपरिषद्को बैठकपछि पत्रकारसँग कुराकानी गर्दै मन्त्री पोखरेलले भने, ‘त्यसैले उहाँको जिम्मेवारी फेरबदल गरिएको हो । तर प्रधानमन्त्रीलाई सल्लाह सुझाव दिने पनि संवेदनशील जिम्मेवारी हो ।’

उनले आईजीपी कार्कीमाथि कारबाही नगरिएको पनि दोहोर्याए । ‘उहाँलाई कारबाही गरिएको होइन, उहाँको जिम्मेवारी फेरबदल भएको हो । उहाँलाई सुरक्षा सल्लाहकार पदमा प्रधानमन्त्री कार्यालयमा ल्याइएको हो । कारबाही भएकै छैन । अब उहाँको भूमिका प्रधानमन्त्रीलाई सल्लाह सुझाव दिने हो,’ मन्त्री पोखरेलले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
सचिवालय चुस्त बनाउँदै आईजीपी केसी, सुरक्षा परिषदमा थन्क्याइएका एसएसपी पोखरेललाई भित्र्याए !

सचिवालय चुस्त बनाउँदै आईजीपी केसी, सुरक्षा परिषदमा थन्क्याइएका एसएसपी पोखरेललाई भित्र्याए !

प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले आफ्नो सचिवालयलाई चुस्त पार्ने तयारी थालेका छन् । शुरूमा उनले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रवीण पोखरेललाई सचिवालयमा ल्याएका छन् । यसअघिका आईजीपीहरू ...

#आईजीपी #पोखरेल
Compare →
Ekantipur
1w ago
आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने बुधबारको मन्त्रीपरिषद् निर्णय बदर गर्न र मनोज केसीलाई आईजीपीको हैसियतमा कुनै कामकारबाही गर्न नदिन अन्तरिम आदेशको माग गर्दै बिहीबार सर्वोच्चमा रिट लगिएको थियो ।

#आईजीपी #हटाउने
Compare →
Nagarik News
1w ago
प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी

प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी

प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरिएका दानबहादुर कार्कीले सरकारको निर्णयले प्रहरी नेतृत्वमा दुईजना आईजीपीस्तरका पदाधिकारी सिर्जना गरेको बताएका छन्।

#आईजीपी
Compare →
Onlinekhabar
1w ago
हटाइएका आईजीपी कार्कीले दायर गरेको रिट निवेदनमा के छ ?

हटाइएका आईजीपी कार्कीले दायर गरेको रिट निवेदनमा के छ ?

२० कार्तिक, काठमाडौं । जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सल्लाहकार बनाइएका निवर्तमान प्रहरी महानिरिक्षक(आईजीपी) दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आफूलाई पुरानै पदमा फर्काउनुपर्ने माग गरेका छन् । सरकारले कानूनी आधारविना नै आफूलाई पदमुक्त …

#आईजीपी
Compare →

Related Stories

Politics & Governance
Build #2611