Trending
Prev Story
Next Story

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान

Nagarik News •
November 03, 2026 • 01:06 AM
1
1 reads 0 reactions

निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ।

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान

निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली भित्र्याउने चटारो परेको छ। वर्षाका कारण रोकिएको धान काट्ने र थन्क्याउने काममा मौसम खुलेसँगै किसान बिहानैदेखि खेतबारीमा व्यस्त हुन थालेका हुन्।

धान पाकेर खेतमा पहेँलपुर भएको अवस्थामा परेको बेमौसमी वर्षाले धान भित्र्याउने काम प्रभावित भएको थियो। अहिले किसान खेतमा धान काट्ने, मुठा बाँध्ने, सुकाउने र घरमा भण्डारण गर्ने काममा जुटेका छन्। कतिपय स्थानमा किसानले एकअर्काको खेतमा अर्मपर्म गरेर धान थन्क्याउन लागेको छन्।

भोजपुर नगरपालिका–५ का किसान बमबहादुर कार्कीले मौसम खुलेपछि धान भित्र्याउन सहज भएको बताए। 'केही दिनअघिको वर्षाले धान थन्क्याउने काममा ढिलाइ भयो। अहिले मौसम खुलेपछि राहत मिलेको छ', उनले भने, 'अर्मपर्म गरेर भए पनि सबैले आ–आफ्नो खेतको धान थन्क्याउने काम गरिरहेका छौँ। अहिले हाम्रो मुख्य काम नै धान भित्र्याउनुभएको छ।'

किसान अन्य काम छाडेर धान भण्डारणको काममा लागेको स्थानीय किसान नवराज फुयाँलले बताए। वर्षाका कारण धानबालीमा केही क्षति पुगे पनि बाँकी रहेको उत्पादन जोगाउन किसान लागिपरेका उनको भनाइ छ।

'हामी किसान धान भण्डारणको काममा लागेका छौँ', उनले भने, 'अहिलेको कामको मुख्य प्राथमिकता नै धान हो। सबैले एकसाथ काम थालेकाले गाउँघरमा खेतला पाउन नै मुस्किल छ।'

धान भोजपुरका किसानको प्रमुख खाद्यबाली हो। जिल्लाका नौवटै स्थानीय तहमा धानखेती हुँदै आएको छ। मौसममा आएको सुधारले धान भित्र्याउन सहज भए पनि वर्षाका कारण धानबाली केही क्षति पुगेपछि भने किसान चिन्तित बनेका छन्।

प्रकाशित: १७ कार्तिक २०८३ ०६:५१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

भोजपुर । जिल्लाका विभिन्न स्थानमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ । धान काट्ने र भित्र्याउने समयमा मौसममा आएको परिवर्तनले किसान चिन्तित बनेका...

#भोजपुर #किसान
Compare →
Bizshala
7h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#मौसम #किसान
Compare →
Ekantipur
1d ago
२६ कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

२६ कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

देशभरमा धुवाँसहितको धमिलो वातावरण मौसम र तापक्रम ९ देखि २८ डिग्री सेल्सियससम्म रहने अनुमान।

#मौसम
Compare →
Arthasansar
1d ago
न्युनचापीय प्रणालीको प्रभावले मौसममा फेरबदल

न्युनचापीय प्रणालीको प्रभावले मौसममा फेरबदल

नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युनचापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको छ । देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादलीको...

#मौसम
Compare →

Related Stories

Business & Economy
Build #2611