Trending
Prev Story
Next Story

दसौँ राष्ट्रिय खेलकुदका लागि कर्णाली तयार छ, 'काउन्टडाउन' सुरु : मन्त्री पोखरेल

Nagarik News •
November 03, 2026 • 01:16 AM
1
1 reads 0 reactions

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्।

दसौँ राष्ट्रिय खेलकुदका लागि कर्णाली तयार छ, 'काउन्टडाउन' सुरु : मन्त्री पोखरेल

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन्।

सुर्खेत पुगेर निर्माणाधीन रंगशाला तथा विभिन्न खेल पूर्वाधारहरूको प्रत्यक्ष स्थलगत अवलोकनपछि मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदको महाकुम्भ आयोजनामा कर्णाली तयार रहेकोमा विश्वस्त रहन आग्रह गरेका हुन्।

अवलोकनका क्रममा मन्त्री पोखरेलले आयोजक, स्थानीय पदाधिकारी तथा सरोकारवाला पक्षहरूसँग पूर्वाधार निर्माणका पछिल्ला विकासक्रम र बाँकी कामबारे छलफल गरे।

'निरन्तरको प्रयास र संवादले पूर्वाधार निर्माणको गतिलाई अझ तीव्र बनाएको छ,' निरीक्षणपछि उनले भने, 'हाम्रा रंगशाला र संरचनाहरू तयार हुँदैछन्। देशैभरका प्रदेश, जिल्ला र स्थानीय तहहरूमा उत्तिकै उत्साह र तत्परता देखिएको छ।'

मन्त्री पोखरेलले प्रतियोगिता सुरु हुन बाँकी ३० दिनको 'काउन्टडाउन' सुरु भएको घोषणा समेत गरे।

लामो समयदेखि विविध कारणले रोकिएको राष्ट्रिय खेलकुदलाई अब कर्णालीको भूगोलले नयाँ उचाइ दिने भन्दै उनले समग्र खेल क्षेत्र र खेलाडीहरू पूर्ण रूपमा उत्साही रहेको उल्लेख गरे।

दसौँ राष्ट्रिय खेलकुद लक्षित सुर्खेत भ्रमणको क्रममा मन्त्री पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकास मन्त्री जीतबहादुर मल्लसँग पनि आइतबार छलफल गरेका थिए।

प्रकाशित: १७ कार्तिक २०८३ ०७:०१ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3d ago
दशौँ राष्ट्रिय खेलकुद: २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ?

दशौँ राष्ट्रिय खेलकुद: २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ?

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ। कर्णालीमा भौगोलिक कठिनाइ र पुर्वाधारका कारण पनि यसपटक सुर्खेतमै धेरै ...

#खेलकुद #कर्णाली #आयोजना
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#कर्णाली
Compare →
Ekantipur
1d ago
लुम्बिनी प्लेअफमा, कर्णाली फेरि पराजित

लुम्बिनी प्लेअफमा, कर्णाली फेरि पराजित

जितपछि लुम्बिनीपछि शीर्ष स्थानमा मात्र उक्लिएन, प्लेअफमा पनि स्थान सुरक्षित गर्यो । लुम्बिनीको ६ खेलमा ९ अंक पुगेको छ । काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स ८–८ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । यस पराजयले कर्णालीको प्लेअफमा पुग्ने सम्भावना झनै कठिन बनेको छ ।

#कर्णाली
Compare →
Onlinekhabar
1d ago
लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

लुम्बिनी बन्यो प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको लगातार चौथो हार

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको लो स्कोरिङ खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै …

#कर्णाली
Compare →

Related Stories

Sports
Build #2611