Trending
Prev Story
Next Story

सुनकोशी-मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

Nagarik News •
November 03, 2026 • 01:11 AM
1
1 reads 0 reactions

सोमबार बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा उक्त निर्देशन दिइएको हो।

सुनकोशी-मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजनाको ठेक्का प्रक्रिया संशोधित ऐन तथा नियमावलीअनुसार तत्काल सुरु गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ।

सोमबार बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा उक्त निर्देशन दिइएको हो।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्य, सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, आयोजनाका प्रमुख कृष्णप्रसाद रिजाल र आयोजनाका इन्जिनियरहरूको सहभागिता थियो।

बैठकमा मन्त्रालयले राष्ट्रिय गौरवको आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।

यसअघि आयोजनाको ठेक्का प्रक्रिया प्रचलित ऐन तथा नियमावलीविपरीत भएको पाइएपछि उक्त प्रक्रिया रद्द गरिएको थियो। अब संशोधित ऐन तथा नियमावलीअनुसार ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको हो।

सरकारले गत भदौ ३ गते सार्वजनिक खरिदसम्बन्धी नियमावली संशोधन गर्दै मूल नियमावलीमा नियम २६ क थप गरेको थियो। उक्त नयाँ व्यवस्थाअनुसार १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लागत अनुमान भएका ठूला तथा जटिल निर्माण कार्यका लागि प्राविधिक र आर्थिक प्रस्तावको अङ्कभार बोलपत्र (टेन्डर) कागजातमै अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी–मरिण डाइभर्सन आयोजना समयमै सम्पन्न गर्न र ठेक्का प्रक्रियालाई कानुनसम्मत रूपमा अघि बढाउन सरकारले जोड दिएको छ।

प्रकाशित: १७ कार्तिक २०८३ ०६:५६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
6d ago
अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको दशैँयताको कार्यसम्पादन विवरणमा अरुण–३...

#मन्त्रिपरिषद् #आयोजना
Compare →
Onlinekhabar
4d ago
रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

२३ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि सरकारले देशभरका ठूला शहरमा रैथाने मेला तथा प्रदर्शनी नियमित रूपमा आयोजना गर्नुपर्ने बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार …

#आयोजना
Compare →
Hamro Patro News
6d ago
करोडौँको लगानीमा खानेपानी आयोजना, गाउँमा अझै पानीको हाहाकार

करोडौँको लगानीमा खानेपानी आयोजना, गाउँमा अझै पानीको हाहाकार

। मुगुका ग्रामीण बस्तीमा करोडौँ रुपियाँ खर्चेर खानेपानी आयोजना निर्माण भइरहे पनि स्थानीय बासिन्दा अझै खानेपानीको समस्याबाट मुक्त हुन सकेका छैनन् । निर्माणमा ढिलाइ हुँदा सोरु गाउँपालिकाका बासिन्दाले...

#आयोजना
Compare →
Arthasansar
1w ago
गरिमा विकास बैंकले ‘गरिमा रोड रेस–२०८३’ आयोजना गर्दै

गरिमा विकास बैंकले ‘गरिमा रोड रेस–२०८३’ आयोजना गर्दै

गरिमा विकास बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस–२०८३’ आयोजना गर्ने भएको छ। स्वस्थ जीवनशैली प्रवर्द्धन तथा खेलकुदमार्फत जनचेतना...

#आयोजना
Compare →

Related Stories

Politics & Governance
Build #2611