Trending
Prev Story
Next Story

काठमान्डु गोर्खाजका ‘म्याच विनर’ रासिद र करण

Onlinekhabar •
November 02, 2026 • 05:31 PM
1
1 reads 0 reactions 4 comments

१६ कात्तिक, काठमाडौं । सोमबार नेपाल प्रिमियर लिग (एनपीएल) सबैको नजर अस्ट्रेलियन महान् खेलाडी डेभिड वार्नरमा थियो । आइतबार राति काठमाडौं आइपुगेका उनी एनपीएल खेल्न आउने अहिलेसम्मकै सबैभन्दा ठूला नाम थिए । अस्ट्रेलियाका लागि तीन पटक …

1 / 5
Swipe Photos

१६ कात्तिक, काठमाडौं । सोमबार नेपाल प्रिमियर लिग (एनपीएल) सबैको नजर अस्ट्रेलियन महान् खेलाडी डेभिड वार्नरमा थियो । आइतबार राति काठमाडौं आइपुगेका उनी एनपीएल खेल्न आउने अहिलेसम्मकै सबैभन्दा ठूला नाम थिए ।

अस्ट्रेलियाका लागि तीन पटक विश्वकप जितिसकेका वार्नर एनपीएलको तेस्रो नेपालको राजधानीको टिम काठमान्डु गोर्खाजबाट खेल्दै थिए । यो टिमको कप्तान थिए करण केसी ।

अनि पहिलो खेल हारेको गोर्खाजले लगातार दुई खेल जितेर लयमा रहेको अपराजित कर्णाली याक्सको सामना गर्दै थियो । सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीमा पाकिस्तानका हुसेन तलत देखि बंगलादेशका अरिफुल इस्लाम अनि नेपालका सोमपाल कामी, गुल्सन झा, नन्दन यादव जस्ता चर्चित खेलाडीहरू थिए ।

वार्नरको आगमनपछि काठमान्डु गोर्खाजको चर्चा बढेको थियो र टिम पनि उत्साहित थियो । वार्नर पनि काठमाडौं ओर्लेको २४ घण्टा नपुग्दै मैदान उत्रँदै थियो । दिउँसो साढे १२ बजेको खेलमा वार्नर पहिलो रोजाइमा खेल्ने टुङ्गो लागेपछि खेलको चर्चा झन् बढ्यो ।

विश्व स्टार खेलाडी वार्नरले कर्णाली विरुद्ध १६ रन बनाए । एक उत्कृष्ट क्याच पनि लिए । उनलाई कर्णालीका कप्तान सोमपाल कामीले बोल्ड आउट गरे अनि शानदार शैलीमा सेलेब्रेसन पनि गरे ।

तर खेलको असली नायक बने काठमान्डुका कप्तान करण केसी र रासिद खान । जो दुवै मिडियम पेस फाल्ने बलर हुन् । तर सोमबार कर्णाली विरुद्ध रोमाञ्चक जितमा भने रासिद र करण दुवै ब्याटिङमा चम्किए । पहिलो इनिङ्समा करणले बलिङमा २ विकेट पनि लिएका थिए । तर उनको योगदान ब्याटिङमा बढी थियो ।

करणले सुरुमा २ विकेट लिएका र लक्ष्य पछ्याउने क्रममा ४४ रन बनाउँदै प्लेअर अफ दि म्याचको अवार्ड पनि जिते । यस खेलमा काठमान्डुका लागि रासिद खानले सर्वाधिक ५० रन बनाए जुन टिमको जितमा सबैभन्दा मुख्य आधार बनेको थियो । अनि पाकिस्तानमा जहानदाद खानले १० बलमा १ चौका र २ छक्का प्रहार गर्दै अविजित २२ रन बनाएर गेम फिनिस गरे ।

कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमान्डुले २ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्‍यो र एनपीएलको तेस्रो संस्करणमा पहिलो जित हात पार्दै अंकको खाता खोल्यो । पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित काठमान्डुले दोस्रो खेल जित्दै लयमा फर्केको संकेत पनि दिएको छ ।

करणले कर्णाली विरुद्ध जितपछि बोल्ड स्टेटमेन्ट पनि दिए । वार्नर आउट भएपछि केही दबाब भयो कि? भन्ने प्रश्नमा उनले नेपाली खेलाडी नै म्याच विनर भएको प्रतिक्रिया दिए । ‘मेरो लागि कप्तानको रुपमा हामीलाई विदेशी खेलाडीले जिताउँछ भन्ने छैन । मलाई ७ जना नेपालीले नै जिताउँछ जस्तो लाग्छ । विदेशी आउट हुँदैमा प्यानिक हुँदैनौँ । नेपाली खेलाडी नै जित्न र जिताउन नै खेलिहेको हो’ करणले भनेजस्तै सोमबार नेपाली खेलाडीहरू रासिद खान र स्वंय करणले सानदार ब्याटिङ गर्दै काठमान्डुको जितको कथा लेखे ।

रासिद खान अलराउण्डर हुन् । दायाँ हाते ब्याटर उनी दायाँ हाते मिडियम फास्ट बलर हुन् । तर एनपीएलमा भने काठमान्डुका लागि उनी बलर भन्दा ब्याटर बढी बनेका छन् ।

अघिल्ला सिजनमा पनि उनी वान डाउन वा मिडल अर्डरमा आएर ब्याटिङ गर्ने गर्थे । कर्णाली विरुद्ध काठमान्डुले आदिल आलमलाई वान डाउनमा पठाएर सबैलाई आश्चर्यमा पारेको थियो ।

वार्नर र स्मित पटेल दुवै ओपनर आउट भएपछि रासदि खान चौथो नम्बरमा क्रिजमा पुगे । २८ रनमा २ विके६ गेमपछि रासिद र आदिलले काठमान्डुको इनिङ्स सम्हाले । सुरुमा केही सुस्त देखिएपनि यो जोडीले तेस्रो विकेटका लागि ५४ रनको महत्वपूर्ण साझेदारी गरे ।

आदिल २७ बलमा २० र त्यसपछि आएका भिम शार्की ४ रन बनाएर आउट भएपछि काठमान्डु १२.३ ओभरमा ८९-४ को स्थितिमा पुग्यो ।

तर रासिदले एक छेउबाट इनिङ् सम्हालिरहे । उनले पाँचौ विकेटका लागि कप्तान करण केसीसँग ५५ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । जुन जितको आधार बन्यो । रासिदले ३२ बलमा ३ चौका र २ छक्कान मदतमा अर्धशतक पूरा गरे । उनी अर्धशतक पूरा गरेलगत्तै १७औं ओभरको पाँचौ बलमा आउट भए ।

एनपीएलमा रासिदको यो पहिलो अर्धशक हो । उनले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लब बाट खेल्दा पनि ब्याटिङमा यस्तो योगदान दिँदै आएका छन् । यस पटक एनपीएलमा पनि काठमान्डुका लागि उत्कृष्ट ब्याटिङ गरे ।

काठमान्डुका कप्तान करण केसीले खेलपछि रासिदले ब्याटिङमा सुधार गरिरहेको र राम्रो ब्याटिङ गरेको बताए । ‘सुरुदेखि नै रासिदको ब्याटिङ राम्रो थियो । पछिल्लो २-३ वर्ष उसले सुधार रगेको छ । बलिङमा हामीले धेरै प्रयोग गरेको छैनौँ । हामीले उसको राम्रो ब्याटिङलाई प्रयोग गरिरहेका छैनौं’ खेलपछि पोष्ट म्याच कन्फेरेन्समा करणले रासिदबारे भने ।

कर्णालीले अघिल्लो खेलमा विराटनगर किंग्सलाई पराजित गर्दा कप्तान सोमपाल कामीले गज्जबको प्रदर्शन गरेका थिए । बलिङमा ४ विकेट लिएका उनले ब्याटिङमा अविजित ६२ रनको इनिङ्स खेलेका थिए । कर्णालीले त्यो खेल जित्दा सोमपालले निर्णायक प्रदर्शन गरे ।

आज कर्णालीले पहिले ब्याटिङ गर्दै १८० रन बनाउँदा काठमान्डुलाई चुनौती हुने अनुमान थियो तर सोमपालकै जस्तै प्रदर्शन काठमान्डुका कप्तान करणले आज कर्णाली विरुद्ध देखाए । बलिङमा ४ ओभरमा ३५ रन खर्चेका करणले ओपनर जिशान आलमको पहिलो र गुल्सन झाको अन्तिम विकेट लिएका थिए । उनले ४ ओभरमा ३५ रन खर्चेका थिए ।

तर ब्याटिङमा भने करणले कमालकै प्रदर्शन गरे । सोमपाल जस्तै छैटौं नम्बरमै ब्याटिङमा आएका उनले आक्रमक ब्याटिङ गर्दै २० बलमै ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रन बनाए । गेम फिनिस गर्न नसकेपनि टिमलाई जितको बाटोतर्फ डोहोर्‍याएका थिए ।

विशेषगरी लोअर अर्डरमा आएर आक्रमक ब्याटिङ गर्ने करण कर्णाली विरुद्ध अलि चाँडै ब्याटिङमा आए । अघिल्लो खेलमा सोमपालको प्रदर्शनबाट प्रभावित भएको हो? भन्ने प्रश्नमा करणले इन्सपिरेसन भन्दा पनि परीक्षण र आफ्नो रोल अनुसार खेल भएको बताए । ‘इन्सपिरेसन भन्दा पनि टेष्ट हो । मेरो काम नै त्यही हो । टिमको लागि चाँडो रन बनाउने । अर्को खेलतिर गेम फिनिस गर्ने प्रयास गर्छु’ उनले भने ।

करणले सन् २०१९ मा युएई टुरमा टी२०आईमा युएई विरुद्ध वान डाउनमा ब्याटिङ गरेका थिए । यस्तै सन् २०२२ मा कीर्तिपुरमै भएको टी-२० ट्राई सिरिजमा पीएनजी विरुद्ध छैटौं नम्बरमा ब्याटिङ गरेका थिए ।

यस बाहेक करणले मिडल अर्डर मा खासै ब्याटिङ गरेका छैनन् । उनी प्रायजसतो ९/१० वा ७/८ नम्बरमा ब्याटिङ गर्छन् । तर करणले सोमबार कर्णाली विरुद्ध ४ विकेट गेमपछि छैटौं नम्बरमा ब्याटिङ गर्न आए ।

आक्रमक अरिफुल, तलतको अलराउण्ड प्रदर्शन

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो । कर्णालीका लागि ओपनर इस्लामले सर्वाधिक ४४ रन बनाएका थिए भने पाकिस्तानी अलराउण्डर हुसेन तलतले अलराउण्ड प्रदर्शन गरे ।

तलतले ब्याटिङमा ३० बलमा १ चौका र २ छक्का मदतमा ४० रन बनाएका थिए भने बलिङमा रासिद खान र भीम शार्कीको महत्वपूर्ण २ विकेट पनि लिए । तर जितका लागि पर्याप्त भने भएन ।

यस्तै ब्याटिङमा उनी अभागी पनि बने । १७औं ओभरको अन्तिम बलमा उनी हिट विकेटको रुपमा आउट भए । उनले २ रन लिएका थिए । तर पछि रिभ्युमा उनले विकेट हिट गरेको देखिएपछि आउट भए ।

कर्णालीका लागि ओपनिङ गरिरहेका अरिफुलले आफ्नो काम पावरप्लेमा सक्दो रन बनाउने रहेको बताए । ‘विकेट राम्रो थियो । सकेसम्म लामो समय ब्याटिङ गर्ने र टिमलाई सहयोग गर्ने योजना थियो, त्यही गरिरहेको थिएँ, खेलपछि पोस्ट म्याच कन्फेरेन्समा उनले भने, ‘टी२० क्रिकेटमा पावर प्ले धेरै महत्वपूर्ण छ । त्यसैले म पावरप्लेमा अट्याकिङ ब्याटिङ गर्ने प्रयास गर्छु ।’

सातौं ओभरको चौथो बलमा आउट हुनुअघि अरिफुलले २०० को स्ट्राइक रेटमा ब्याटिङ गर्दै २२ बलमै ५ चौका र ३ छक्का प्रहार गरी ४४ रन बनाएका थिए ।

उनले नेपालमा दर्शकहरू धेरै उत्सहित रहेको सबै टिमलाई समर्थन गरिरहेको बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
11h ago
काठमाडौं गोर्खाजलाई हराउँदै सुदूरपश्चिम रोयल्स एनपिएलको प्लेअफमा

काठमाडौं गोर्खाजलाई हराउँदै सुदूरपश्चिम रोयल्स एनपिएलको प्लेअफमा

काठमाडौं गोर्खाजलाई हराउँदै सुदूरपश्चिम रोयल्स एनपिएलको प्लेअफमा १२ मिनेट अघि काठमाडौं : सुदूरपश्चिम रोयल्स जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ...

#एनपीएल #प्रिमियर-लिग #काठमाडौं
Compare →
Nagarik News
11h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #काठमाडौं #गोर्खाज
Compare →
Arthasansar
11h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Ekantipur
11h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →

Related Stories

Sports
Build #2611