Trending
Prev Story
Next Story

सुदूरपश्चिमको दोस्रो जित

Onlinekhabar •
November 02, 2026 • 03:00 PM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ । चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिम रोएल्सले १६.४ ओभरमा ५ विकेट गुमाएर १३१ रन …

सुदूरपश्चिमको दोस्रो जित

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोएल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको छ ।

चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिम रोएल्सले १६.४ ओभरमा ५ विकेट गुमाएर १३१ रन बनाउँदै पूरा गरेको हो । सुदूरपश्चिमले दोस्रो जितपछि ४ खेलबाट ४ अंक जोडेको छ ।

चितवनको भने यो पहिलो हार हो । पहिलो खेलमा विराटनगर किंग्सलाई हराएको चितवनले दोस्रो खेल वर्षाले रद्द हुँदा लुम्बिनी लायन्ससँग १–१ अंक बाँडेको थियो । चितवनको ३ खेलबाट ३ अंक छ । चितवनको हारपछि अब साविक विजेता लुम्बिनी मात्र तेस्रो संस्करणमा एक मात्र अपराजित टिमको रुपमा छ ।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २१ बल खेल्दै ६ चौका र २ छक्का मदतमा सर्वाधिक ४३ रन बनाए । इशान पान्डेले २९ बलमा २ चौका प्रहार गर्दै २५ रन जोडे ।

३ रनमै पहिलो विकेट गुमाएको सुदूरपश्चिमका लागि म्याकमुलेनले विनोद भण्डारीसँग दोस्रो विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । विनोद ११ रन बनाएर आउट भए । त्यसपछि म्याकमुलेनले इशानसँग तेस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे ।

म्याकमुलेन र कप्तान दीपेन्द्र सिंह लगातार आउट हुँदा सुदूरपश्चिम ७०–४ को स्थितीमा पुगेको थियो । तर आरिफ शेख र इशान पाण्डेले पाँचौ विकेटको लागि ३३ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले ।

इशान आउट भएपछि आरिफले शेरफान रथरफोर्डसँग मिलेर सुदूरपश्चिमलाई जितसम्म पुर्‍याए । रथरफोर्डले १५ बल खेल्दै २ चौका र१ छक्का मदतमा अविजित २१ रन बनाए । आरिफले २६ बलमा अविजित २० रन जोडे ।

बलिङमा चितवनका लागि रञ्जित कुमारले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । रिजन ढकाल र मौसम ढकालले १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले रवि बोपाराको ४९ रन मदतमा २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको हो ।

चितवनका लागि रवि बोपारले सर्वाधिक ४९ रन बनाए । चौथो नम्बरमा ब्याटिङ गरेका बोपाराले ४० बलमा ३ चौका र २ छक्का मदतमा ४९ रन बनाएर आउट भए । अर्धशतकका लागि १ रन आवश्यक भएका बेला ठूलो सट प्रहार गर्ने चक्करमा बोपारा आउट भए ।

२७ रनमा २ विकेट गुमाएको अवस्थामा चितवनका लागि रवि बोपारा र डाविड मालानले ३५ रनको साझेदारी गरेका थिए । यस्तै बोपाराले चौथो विकेटका लागि कप्तान सिकन्दर राजासँग ३२ रनको साझेदारी गरेका थिए ।

विवेक कुमार यादवले अन्तिम बलमा रनआउट हुनुअघि १५ बलमा १ चौका र १ छक्का मदतमा १७ रन जोडे । डाविड मालानले १६ तथा अर्जुन साउद र कप्तान सिकन्दर राजाले समान १५ रन रन बनाए । टम टेलर ६ रनमा अविजित रहे ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ तथा हेमन्त धामी, कप्तान दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले १–१ विकेट लिए ।

एनपीएलमा मंगलबार पनि दुई खेल हुनेछ । पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
8h ago
काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, शीर्ष दुईको सम्भावना बलियो

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, शीर्ष दुईको सम्भावना बलियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ। कीर्तिपुरस्थित टीयू मैदानमा १२६ रनको लक्ष्य पछ्याएको काठमाड...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Arthasansar
8h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
8h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
11h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →

Related Stories

National (Nepal)
Build #2611