Trending
Prev Story
Next Story

इनमसँग जोडिएका न्यायाधीशबारे तथ्य संकलन गर्न बारले बनायो समिति

Onlinekhabar •
November 02, 2026 • 03:00 PM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले इनम सापकोटाको ह्वाट्सएप म्यासेज प्रकरणमा नाम मुछिएका न्यायाधीशहरूबारे तथ्य संकलन गरी प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ । एशोसियसनले पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा छ सदस्यिय समिति गठन गरेको …

इनमसँग जोडिएका न्यायाधीशबारे तथ्य संकलन गर्न बारले बनायो समिति

१६ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले इनम सापकोटाको ह्वाट्सएप म्यासेज प्रकरणमा नाम मुछिएका न्यायाधीशहरूबारे तथ्य संकलन गरी प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ ।

एशोसियसनले पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा छ सदस्यिय समिति गठन गरेको हो ।

समितिमा वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, चन्द्रप्रसाद काफ्ले र अधिवक्ता बाबुराम अर्याल छन् ।

बार सदस्य अर्याललाई सदस्य सचिवको जिम्मेवारी पनि दिइएको छ ।

एक महिनाको समयसीमा पाएको समितिले २५ मंसिरमा धनगढीमा केन्द्रीय कार्यकारिणी परिषदको बैठक हुनुअघि प्रतिवेदन बुझाउनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
विद्यालयले खेलेको देउसीभैलोबाट २६ लाख रुपैयाँभन्दा बढी संकलन

विद्यालयले खेलेको देउसीभैलोबाट २६ लाख रुपैयाँभन्दा बढी संकलन

मकवानपुरको गाउँको एक माध्यमिक विद्यालय परिवारले देउसीभैलो खेलेर २६ लाख रुपैयाँभन्दा बढी रकम संकलन गर्न सफल भएको छ ।

#संकलन
Compare →
Hamro Patro News
1d ago
समुद्रको ४ हजार मिटर गहिराइमा पुगेर खनिज संकलन गर्ने एआई रोबोटको सफल परीक्षण

समुद्रको ४ हजार मिटर गहिराइमा पुगेर खनिज संकलन गर्ने एआई रोबोटको सफल परीक्षण

काठमाडौं । समुद्रको सतहबाट हजारौँ मिटर तल पुगेर खनिजयुक्त पदार्थ संकलन गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित स्वचालित रोबोटको सफल परीक्षण गरिएको छ । समुद्रको अत्यन्त गहिरो भागमा पुग...

#संकलन
Compare →
Nagarik News
5h ago
कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलन

कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलन

कार्यालयले वार्षिक ९ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा कात्तिक महिना नसकिँदै साढे १२ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको हो।

#संकलन
Compare →
Bizshala
12h ago
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने...

#संकलन
Compare →

Related Stories

National (Nepal)
Build #2611