Trending
Prev Story
Next Story

इमरान खानलाई भारत छाड्ने नोटिसमा रोक, अदालतमा मागे बिनासर्त माफी

Nagarik News •
November 02, 2026 • 11:42 AM
1
1 reads 0 reactions

बलिउड अभिनेता तथा आमिर खानका भान्जा इमरान खान पछिल्लो समय चर्चामा छन्। उनलाई अक्टोबर २८ भित्र भारत छाड्न भन्दै मुम्बई प्रहरीले नोटिस जारी गरेको थियो।

इमरान खानलाई भारत छाड्ने नोटिसमा रोक, अदालतमा मागे बिनासर्त माफी

बलिउड अभिनेता तथा आमिर खानका भान्जा इमरान खानलाई भारत छाड्न जारी गरिएको नोटिसको कार्यान्वयनमा बम्बई उच्च अदालतले रोक लगाएको छ। अदालतले नोभेम्बर २ सम्मका लागि दिएको अन्तरिम रोकलाई निरन्तरता दिँदै अर्को सुनुवाइ डिसेम्बर ७ मा गर्ने मिति तोकेको छ।

मुम्बई प्रहरीले अक्टोबर २८ भित्र भारत छाड्न भन्दै नोटिस जारी गरेपछि इमरानले त्यसलाई चुनौती दिँदै बम्बई उच्च अदालतमा रिट निवेदन दिएका थिए। अक्टोबर २७ मा निवेदनमाथि सुनुवाइ गर्दै अदालतले नोटिस कार्यान्वयन तत्कालका लागि स्थगित गरेको थियो।

मुख्य न्यायाधीश महेश चन्द्र त्रिपाठीको अध्यक्षतामा रहेको इजलासले इमरानविरुद्ध दर्ता भएको एफआईआरको पछिल्लो अवस्थाबारे जानकारी मागेको थियो। सुनुवाइका क्रममा इमरानका तर्फबाट वरिष्ठ अधिवक्ता वेंकटेश धोंड र महाराष्ट्र सरकारका तर्फबाट सरकारी अधिवक्ता अञ्जली हेलेकर उपस्थित भएका थिए।

अदालतसमक्ष इमरानले बिनासर्त माफी माग्दै भविष्यमा कुनै पनि विरोध प्रदर्शनमा सहभागी नहुने प्रतिबद्धता जनाएका छन्। उनले यससम्बन्धी शपथपत्रसमेत अदालतमा पेस गरेका छन्।

अदालतले अर्को सुनुवाइ नहुँदासम्म उनीविरुद्ध जारी ‘लिभ इन्डिया नोटिस’ कार्यान्वयन नगर्न आदेश दिएको छ। यसको अर्थ, अर्को सुनुवाइसम्म विदेशी क्षेत्रीय दर्ता कार्यालय (एफआरआरओ) ले उक्त नोटिसका आधारमा इमरानविरुद्ध कुनै कारबाही गर्न पाउने छैन।

इमरान मुम्बईस्थित अगस्त क्रान्ति मैदानमा आयोजित एक विरोध प्रदर्शनमा सहभागी भएका थिए। उक्त प्रदर्शनमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरिएको थियो।

प्रकाशित: १६ कार्तिक २०८३ १७:२७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
4h ago
११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।

#भारत #रोक
Compare →
Hamro Patro News
1d ago
आखिर कहाँ छन् इमरान खान ?

आखिर कहाँ छन् इमरान खान ?

काठमाडौँ । इमरान खान आज बाह्य संसारभन्दा निकै पर छन् । उनी जेलको कालकोठरी जीवन बिताउन बाध्य छन् । कुनै बेला विश्वले हिरोको तक्मा दिएको व्यक्तित्व हुन् इमरान खान । तर आज उनै हिरो जेलमा बन्दी छन् । ज...

#खान #इमरान
Compare →
Onlinekhabar
1d ago
भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

२६ कात्तिक, काठमाडौं । सन् २०२५ मा भारतले ९१ लाख ४८ हजार ७ सय ६६ विदेशी पर्यटकलाई आफ्नो मुलुकमा स्वागत गरेको छ । तीमध्ये नेपाली पर्यटक ‘टप टेन’ भित्र अटाउन सफल भएका छन् । नेपालबाट स्वास्थ्योपचार, …

#भारत
Compare →
Bizshala
6h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →

Related Stories

World News
Build #2611