Trending
Prev Story
Next Story

सरकारी कार्ययोजना कार्यान्वयन गर्न मन्त्रालयहरूलाई निर्देशन

Ekantipur •
November 02, 2026 • 01:32 PM
1
1 reads 0 reactions

सरकारले बेरुजु फर्छ्योट, बजार अनुगमन, स्वदेशी उत्पादनको प्राथमिकता र नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालय तथा निकायलाई निर्देशन दिएको हो ।

सरकारी कार्ययोजना कार्यान्वयन गर्न मन्त्रालयहरूलाई निर्देशन

सरकारले बेरुजु फर्छ्योट, बजार अनुगमन, स्वदेशी उत्पादनको प्राथमिकता र नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालय तथा निकायलाई निर्देशन दिएको हो ।

काठमाडौँ — सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मुख्यसचिवको अध्यक्षतामा बसेको सचिव बैठकले सरकारी कार्ययोजनाको विस्तृत कार्यान्वयन योजना तयार गरी समयबद्ध रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो।

बैठकले महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजु फर्छ्योट तथा न्यूनीकरणका लागि कार्ययोजना बनाउन, उपभोक्ता ठगी, मिसावट र कृत्रिम अभाव नियन्त्रण गर्न सघन बजार अनुगमन गर्न निर्देशन दिएको छ।

त्यस्तै, तिहार तथा छठमा शान्ति सुरक्षा चुस्त राख्ने, सार्वजनिक खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ कार्यान्वयन गर्ने निर्णय गरेको छ।

नागरिकले सरल, सहज र प्रभावकारी ढंगले सेवा पाउने सुनिश्चितताका लागि नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरूमा एकल बिन्दु सेवाको प्रबन्ध गरी नागरिकमैत्री सेवा प्रवाह गर्ने निर्णय पनि बैठकले गरेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
नसर्ने रोग नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना कार्यान्वयन गर्ने

नसर्ने रोग नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना कार्यान्वयन गर्ने

सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधारलाई तीव्रता दिने भएको छ।

#कार्यान्वयन #कार्ययोजना
Compare →
Onlinekhabar
1w ago
विपद् प्रभावित क्षेत्रमा संरक्षणका लागि ७३ करोड ९९ लाखको कार्ययोजना कार्यान्वयनमा

विपद् प्रभावित क्षेत्रमा संरक्षणका लागि ७३ करोड ९९ लाखको कार्ययोजना कार्यान्वयनमा

१७ कात्तिक, काठमाडौं । भोटेकोशी तथा कालीगण्डकी करिडोरमा गएको विपद्पछि प्रभावित महिला, बालबालिका, किशोरी तथा अन्य जोखिममा रहेका समुदायको संरक्षणका लागि सरकारले ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ बराबरको कार्ययोजना कार्यान्वयन गरिरहेको जनाएको छ …

#कार्यान्वयन #कार्ययोजना
Compare →
Hamro Patro News
1w ago
वार्षिक कार्ययोजना र नीति प्रभावकारी कार्यान्वयन गर्न सरकारको निर्देशन

वार्षिक कार्ययोजना र नीति प्रभावकारी कार्यान्वयन गर्न सरकारको निर्देशन

सरकारले चालु आर्थिक वर्ष २०८३ र ८४ को वार्षिक कार्ययोजना र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय...

#कार्यान्वयन #कार्ययोजना
Compare →

Related Stories

Politics & Governance
Build #2611