Trending
Prev Story
Next Story

सुदूरपश्चिमले रोक्यो चितवनलाई सानो स्कोरमा

Ekantipur •
November 02, 2026 • 01:32 PM
1
1 reads 0 reactions

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएपछि सुदूरपश्चिमले जितका लागि १३० रन बनाउनुपर्ने भएको छ।

सुदूरपश्चिमले रोक्यो चितवनलाई सानो स्कोरमा

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएपछि सुदूरपश्चिमले जितका लागि १३० रन बनाउनुपर्ने भएको छ।

काठमाडौँ — चितवन राइनोजले नेपाल प्रिमियर लिग क्रिकेटको सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई १ सय ३० रनको लक्ष्य दिएको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेपछि ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २९ रन बनायो ।

चितवनले देव खनाललाई ७ रनमै गुमाएको थियो । अर्का ओपनर डेविड मलान १७ बल खेली १ चौका प्रहार गरी १६ र अर्जुन साउद १६ बल खेली समान १ चौका र १ छक्का प्रहार गरी १५ रनमा आउट भए ।

चितवनको कप्तानी सिकन्दर रजाले गरेका थिए । अघिल्लो खेलमा रवि बोपाराले चितवनको कप्तानी गरेका थिए । जिम्बावेबाट खेलिरहेका कारण रजा भने त्यो खेलमा थिएनन् । अघिल्ला दुई सिजन कप्तानी गरेका कुशल मल्ल सोमबारको खेलमा पनि प्लेइङ ११ मा रहेका छैनन् ।

रजाले २० बल खेली १ चौकासहित १५ रनमात्र बनाउन सके । उनलाई देब्रेहाते स्पिनर अनिल खरेलले आउट गरे । बोपाराले सर्वाधिक ४९ रन बनाए । सो क्रममा उनले सबै खाले ट्वान्टी–२० मा १० हजार रन पूरा गरेका थिए । बोपाराले ४० बलको इनिङ्समा ३ चौका र २ छक्का प्रहार गरे ।

सुदूरपश्चिमका स्कट कुग्लेनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र अनिलले १–१ विकेट लिए ।

चितवनले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको थियो । तर लुम्बिनी लायन्ससँगको टोलीको दोस्रो खेल वर्षाका कारण टस पनि हुन नपाई रद्द भएको थियो ।

सुदूरपश्चिम ३ खेलमा २ हार र १ जितका साथ ८ टिम सहभागी प्रतियोगिताको अंकतालिकामा सातौं स्थानमा छ । पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको थियो । तर तेस्रो खेलमा टोली विराटनगर किंग्ससँग ३५ रनले पराजित भएको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
8h ago
चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

२७ कात्तिक, काठमाडौं । चितवन राइनोजका स्पिनरहरुले उत्कृष्ट बलिङ गरेपछि जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार ८८ रनमै समेटिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर …

#चितवन #ब्याटिङ
Compare →
Nagarik News
9h ago
एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ११ ओभरमा ४ विकेट गुमाएर मात्र ४२ रनमात्र बनाएको छ।

#चितवन #ब्याटिङ
Compare →
Hamro Patro News
11h ago
काठमाडौंविरुद्ध सुदूरपश्चिमको कसिलो बलिङ, १० ओभरमा लियो ५ विकेट

काठमाडौंविरुद्ध सुदूरपश्चिमको कसिलो बलिङ, १० ओभरमा लियो ५ विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध १२६ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाज दबाबमा परेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले...

#सुदूरपश्चिम #ओभर
Compare →
Arthasansar
17h ago
एनपीएल क्रिकेट : आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

एनपीएल क्रिकेट : आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे...

#सुदूरपश्चिम #चितवन
Compare →

Related Stories

Sports
Build #2611