Trending
Prev Story
Next Story

दस महिनामा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, अक्टोबरमा सबैभन्दा धेरै

Ekantipur •
November 02, 2026 • 01:32 PM
1
1 reads 0 reactions

अक्टोबरमा मात्रै १ लाख ३२ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन् । पहिलो १० महिनाको पर्यटक आगमनमा भारत पहिलो स्थानमा छ भने चीन र अमेरिका प्रमुख स्रोत बजारका रूपमा रहेका छन् ।

दस महिनामा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, अक्टोबरमा सबैभन्दा धेरै

अक्टोबरमा मात्रै १ लाख ३२ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन् । पहिलो १० महिनाको पर्यटक आगमनमा भारत पहिलो स्थानमा छ भने चीन र अमेरिका प्रमुख स्रोत बजारका रूपमा रहेका छन् ।

काठमाडौँ — सन् २०२६ को पहिलो १० महिनामा हवाई मार्गबाट नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख नाघेको छ। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जनवरीदेखि अक्टोबरसम्म १० लाख ८ हजार ६ सय १६ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल आएका छन्।

तथ्यांकअनुसार अक्टोबरमा मात्रै १ लाख ३२ हजार ८ सय १४ जना पर्यटक नेपाल भित्रिएका छन्। यो सन् २०२६ का १० महिनामध्ये सबैभन्दा बढी पर्यटक आगमन भएको महिना हो। यसअघि मार्चमा १ लाख २० हजार ५ सय १६ जना पर्यटक आएका थिए।

पर्यटक आगमनको मासिक प्रवृत्ति हेर्दा जनवरीमा ९२ हजार ५ सय ७३, फेब्रुअरीमा १ लाख ५ हजार ४ सय ४१, मार्चमा १ लाख २० हजार ५ सय १६ र अप्रिलमा १ लाख ७ हजार ९ सय ३४ जना पर्यटक आएका थिए। त्यस्तै, मेमा १ लाख २ हजार ६ सय २६ र जुनमा ९१ हजार ३ सय ६३ जना पर्यटक नेपाल भित्रिएका थिए।

वर्षायाम सुरु भएसँगै जुलाईमा पर्यटक आगमन घटेर ७६ हजार ३७ मा झरेको थियो। अगस्टमा ९१ हजार ५६ र सेप्टेम्बरमा ८८ हजार २ सय ५६ जना पर्यटक आएका थिए। त्यसपछि अक्टोबरमा आगमन उल्लेख्य बढेर १ लाख ३२ हजार नाघेको हो।

पर्यटक आगमनको प्रमुख स्रोत मुलुकमा भारत पहिलो स्थानमा छ। पहिलो १० महिनामा भारतबाट १ लाख ८७ हजार १ सय ७२ जना पर्यटक नेपाल आएका छन्। त्यस्तै, चीनबाट ७७ हजार ५ सय ४१ र अमेरिकाबाट ६९ हजार ३ सय ४४ जना आएका छन्।

यस अवधिमा बंगलादेशबाट ३२ हजार ३ सय ७४, बेलायतबाट ३१ हजार १ सय २० र अस्ट्रेलियाबाट ३० हजार ५० जना पर्यटक नेपाल आएका छन्। श्रीलंकाबाट १९ हजार ८३, मलेसियाबाट १५ हजार १ सय १७, जर्मनीबाट १५ हजार ६८ र जापानबाट १२ हजार ६ सय ६९ जना पर्यटक आएका छन्।

अक्टोबर महिनाको पर्यटक आगमनमा भने अमेरिकाको हिस्सा सबैभन्दा ठूलो देखिएको छ। यस महिनामा अमेरिकाबाट १७ हजार ४ सय ३७ जना पर्यटक नेपाल आएका छन्। भारतबाट १२ हजार ९७ र चीनबाट ११ हजार ६ सय ९५ जना आएका छन्।

त्यस्तै, बेलायतबाट ९ हजार ३ सय ८५ र अस्ट्रेलियाबाट ९ हजार ३ सय ५२ जना पर्यटक नेपाल आएका छन्। जर्मनीबाट ६ हजार १ सय १४, माल्दिभ्सबाट ५ हजार ५ सय ६०, बंगलादेशबाट ४ हजार ८ सय ९३ र फ्रान्सबाट ४ हजार १ सय ६४ जना पर्यटक आएका छन्।

नेपालको मुख्य पर्यटकीय सिजन मानिने शरद् ऋतुमा पदयात्रा, पर्वतारोहण तथा अन्य पर्यटकीय गतिविधि बढ्ने भएकाले अक्टोबरमा पर्यटक आगमन उच्च भएको हो। विशेषगरी हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहणका लागि अनुकूल मौसम हुने भएकाले यो अवधिमा विदेशी पर्यटकको चाप बढ्ने गर्छ।

दस महिनाको तथ्यांकले नेपालमा विदेशी पर्यटक आगमन पुनः १० लाखको आँकडा पार गरेको देखाएको छ। अब बाँकी दुई महिनाको आगमनले सन् २०२६ को वार्षिक पर्यटक संख्या निर्धारण गर्नेछ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

२६ कात्तिक, रसुवा । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक …

#पर्यटक #आगमन
Compare →
Nagarik News
1d ago
बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ।

#पर्यटक #आगमन
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक
Compare →
Hamro Patro News
1d ago
भोटेकोशी बाढीपछि लयमा फर्किँदै गोसाइँकुण्ड, आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै

भोटेकोशी बाढीपछि लयमा फर्किँदै गोसाइँकुण्ड, आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै

रसुवा– धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको ब...

#पर्यटक
Compare →

Related Stories

World News
Build #2611