Trending
Prev Story
Next Story

नीति तथा कार्यक्रम कार्यान्वयनमा जुट्न सरकारको निर्देशन

Nagarik News •
November 02, 2026 • 01:07 PM
1
1 reads 0 reactions

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ।

नीति तथा कार्यक्रम कार्यान्वयनमा जुट्न सरकारको निर्देशन

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा आज मुख्यसचिवको अध्यक्षतामा बसेको सचिव बैठकले सरकारी कार्ययोजनाको विस्तृत कार्यान्वयन योजना तयार गरी समयबद्ध रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो।

बैठकले महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजु फर्छ्योट तथा न्यूनीकरणका लागि कार्ययोजना बनाउन, उपभोक्ता ठगी, मिसावट र कृत्रिम अभाव नियन्त्रण गर्न सघन बजार अनुगमन गर्न निर्देशन दिएको छ।

त्यस्तै, तिहार तथा छठमा शान्ति सुरक्षा चुस्त राख्ने, सार्वजनिक खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३ कार्यान्वयन गर्ने निर्णय गरेको छ।

नागरिकले सरल, सहज र प्रभावकारी ढंगले सेवा पाउने सुनिश्चितताका लागि नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरूमा एकल बिन्दु सेवाको प्रबन्ध गरी नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित: १६ कार्तिक २०८३ १८:५२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
1d ago
कोप-३१ : नेपालको बाढीपहिरोको सन्दर्भ जोडेर खोजियो जलवायु प्रतिबद्धता कार्यान्वयन

कोप-३१ : नेपालको बाढीपहिरोको सन्दर्भ जोडेर खोजियो जलवायु प्रतिबद्धता कार्यान्वयन

२६ कात्तिक, अन्ताल्या (टर्किए) । जलवायु सङ्कट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) का उच्च अधिकारीहरूले जोड दिएका छन्। स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धिलाई …

#कार्यान्वयन
Compare →
Hamro Patro News
2d ago
हसिना बंगलादेश फर्किए मृत्युदण्ड कार्यान्वयन गरिने चेतावनी

हसिना बंगलादेश फर्किए मृत्युदण्ड कार्यान्वयन गरिने चेतावनी

काठमाडौं । बंगालादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना स्वदेश फर्किए उनीविरुद्ध मृत्युदण्डको फैसला कार्यान्वयन गरिने मुख्य अभियोजकले बताएका छन् । अभियोजक मोहम्मद अमिनुल इस्लामले पत्रकारहरूसँग कुरा ग...

#कार्यान्वयन
Compare →

Related Stories

Politics & Governance
Build #2611