Trending
Prev Story
Next Story

नसर्ने रोग नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना कार्यान्वयन गर्ने

Nagarik News •
November 04, 2026 • 06:24 AM
1
1 reads 0 reactions

सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधारलाई तीव्रता दिने भएको छ।

नसर्ने रोग नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना कार्यान्वयन गर्ने

सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधारलाई तीव्रता दिने भएको छ।

यसैक्रममा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा नसर्ने रोगको वर्तमान अवस्थाबारे छलफल भएको छ। बैठकले स्वास्थ्य प्रवर्द्धनमार्फत नसर्ने रोगको दीर्घकालीन रोकथामका लागि पहल गर्ने निष्कर्ष निकालेको छ।

बैठकले बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रालयसँग अन्तरक्रिया गर्ने र नियमित समीक्षा बैठक सञ्चालन गर्ने निर्णय गरेको छ।

बैठकमा स्वस्थ जीवनशैलीसम्बन्धी जनचेतना फैलाउने, नसर्ने रोग नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गर्ने, विद्यालय तहदेखि नै सार्वजनिक स्वास्थ्य शिक्षा लागू गर्ने तथा विशेषज्ञ चिकित्सकलाई देशमै टिकाउने विषयमा छलफल भएको थियो।

त्यस्तै, सुर्तीजन्य पदार्थ, इनर्जी ड्रिंक, जंक फुड, विषादीयुक्त खानेकुरा र अस्वस्थ जीवनशैलीलाई नसर्ने रोगका प्रमुख कारकका रूपमा औँल्याउँदै तिनको नियन्त्रण तथा नियमनमा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइएको छ।

सरकारले चालु आर्थिक वर्ष २०८३।८४ मा क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारमा मात्र निर्भर नभई रोकथाम, जनचेतना, नियमित परीक्षण र स्वस्थ जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गर्ने नीति लिएको छ।

नेपालले सन् २०३० सम्ममा नसर्ने रोगबाट हुने अकाल मृत्यु एक तिहाइले घटाउने दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धता पनि जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०८३ १२:०९ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
6d ago
सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीश पाण्डेले कार्ययोजना प्रस्तुत गर्दै

सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीश पाण्डेले कार्ययोजना प्रस्तुत गर्दै

२० कात्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ । बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश जनक पाण्डेले कार्ययोजना प्रस्तुत गर्दैछन् । शुक्रबार पनि समितिको बैठक बसेको थियो । शुक्रबार उजुरीकर्तासँग छलफलका साथै प्रस्तावित न्यायाधीशद्वय …

#कार्ययोजना
Compare →
Hamro Patro News
1w ago
संघीयता कार्यान्वयनका कानुनी अवरोध हटाउन मुख्यमन्त्री शाहीको आग्रह

संघीयता कार्यान्वयनका कानुनी अवरोध हटाउन मुख्यमन्त्री शाहीको आग्रह

मुगु – कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच देखिएका कानुनी जटिलता हटाउन आवश्यक रहेको बताएका छन्।

#कार्यान्वयन
Compare →

Related Stories

Health & Wellness
Build #2611