Trending
Prev Story
Next Story

बागमती प्रदेश स्तरीय सितोरियो कराते दीक्षान्तमा १२९ खेलाडी दीक्षित

Nagarik News •
November 02, 2026 • 11:16 AM
1
1 reads 0 reactions

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दीक्षान्त समारोह सम्पन्न भएको छ।

बागमती प्रदेश स्तरीय सितोरियो कराते दीक्षान्तमा १२९ खेलाडी दीक्षित

चितवनमा बागमती प्रदेश स्तरीय सितोरियो कराते दीक्षान्त समारोह सम्पन्न भएको छ।

नेपाल सितोरियो कराते संघको आयोजनामा भरतपुर कभर्ड हलमा भएको समारोहबाट १२९ जना खेलाडीहरू दीक्षित भएका छन्।

तीन दिन चलेको कार्यक्रममा बागमती प्रदेशका चितवन, धादिङ र सिन्धुलीबाट १२९ जना खेलाडीहरू सहभागी थिए। उनीहरू मध्य ११३ जना फर्स्ट डनबाट दीक्षित भएका छन्।

यस्तै सेकेन्ड डनबाट १२ र थर्ड डनबाट ४ जना दीक्षित भएको सितोरियो कराते संघ बागमती प्रदेश अध्यक्ष गगन लामाले जानकारी दिए।

उनीहरूलाई नेपाल सितोरियो कराते संघका प्रशिक्षक महेश कुमार श्रेष्ठले तीन दिन प्रशिक्षण दिएका थिए। समापन समारोहका प्रमुख अतिति नेपाल सितेरियो कराँते संघका केन्द्रीय अध्यक्ष दावा गुरुङले  खेलाडीहरू दीक्षित हुनु आफैमा एउटा उपलब्धि भएको बताए।

उनले दीक्षित खेलाडीहरूलाई आगामी दिनमा थप जिम्मेवार हुँदै राष्ट्रका लागि योगदान गर्न सुझाव दिए।

चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले खेलाडीहरूलाई आफूले सिके जानेका ज्ञान सिपबाट नव प्रतिभाहरूलाई प्रेरित गर्न आग्रह गरे।

उनले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा नै देशको पहिचान स्थापित गर्न शुभकामना दिए।

प्रकाशित: १६ कार्तिक २०८३ १७:०१ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
प्रदेशस्तरीय कराते छनोटमा मकवानपुरका खेलाडीको वर्चस्व

प्रदेशस्तरीय कराते छनोटमा मकवानपुरका खेलाडीको वर्चस्व

मकवानपुर । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरूप हेटौँडामा आयोजित बागमती प्रदेशस्तरीय ‘फुलकन्ट्याक्ट कराते’ छनोट प्रतियोगितामा मकवानपुरका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रतियोग...

#कराते #बागमती #स्तरीय
Compare →
Ekantipur
1w ago
खुला करातेमा बाघभैरव टिम च्याम्पियन

खुला करातेमा बाघभैरव टिम च्याम्पियन

बाघभैरव दोस्रो वडा अध्यक्ष कप खुला कराते प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । बाघभैरवले ५ स्वर्ण, ३ रजत र ३ कांस्य पदक जितेकाे थियाे ।

#कराते
Compare →
Onlinekhabar
4w ago
एक हजार २९६ जना सशस्त्र प्रहरी जवान दीक्षित

एक हजार २९६ जना सशस्त्र प्रहरी जवान दीक्षित

२९ असोज, काठमाडौं । सशस्त्र प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका १ हजार २९६ जना प्रशिक्षार्थी दीक्षित भएका छन् । करिब ११ महिनाको कठोर तथा अनुशासित तालिम पूरा गरेका प्रशिक्षार्थी जवानहरू बिहीबार दीक्षित भई …

#दीक्षित
Compare →

Related Stories

Sports
Build #2611