Trending
Prev Story
Next Story

तीन करोडका लागि संघर्ष गर्दै ‘१२ गाँउ २’, अरुको अवस्था कस्तो छ ?

Nagarik News •
November 02, 2026 • 08:00 AM
1
1 reads 0 reactions

२०२४ मा प्रदर्शनमा आएको एक्सन ड्रामा जनरामा आधारित चलचित्र ‘१२ गाँउ’ ले बक्स अफिसमा २० करोड रुपैयाँ बढीको कलेक्सन गर्यो।

तीन करोडका लागि संघर्ष गर्दै ‘१२ गाँउ २’, अरुको अवस्था कस्तो छ ?

२०२४ माम प्रदर्शनमा आएको एक्सन ड्रामा जनरामा आधारित चलचित्र ‘१२ गाँउ’ ले बक्स अफिसमा २० करोड रुपैयाँ बढीको कलेक्सन गर्यो। हाल यसको दोस्रो सिक्वेल दसैँको अवसरमा प्रदर्शनमा आएको छ।

तर पहिलो श्रृंखला भन्दा दोस्रोले अपेक्षित व्यापार भने गर्न नसकेको देखिएको छ। विराज भट्टकै निर्देशनमा तयार ‘१२ गाँउ २’ ले प्रदर्शनको १७ औँ दिनमा तीन करोड रुपैयाँ समेत कलेक्सन गर्न सकेको छैन्। चलचित्र विकास बोर्ड अनुसार यसले कार्तिक १५ गतेसम्म दुई करोड २९ लाख रुपैयाँको कलेक्सन गरेको छ भने ७४ हजार आठ सय तीन वटा टिकेट बिक्री गरेको छ। जसले निर्माण टिमलाई निराश बनाएको देखिन्छ।

यही दिन असोज ३० गतेदेखि नै प्रदर्शनमा आएको अर्को चलचित्र ‘आ बाट आमा २’ ले सोही अवधिमा छ करोड २४ लाखको कलेक्सन गरेको छ। भने दुई लाख १३ हजार एक सय ९४ दर्शकले हेरेका छन्। यो चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्।

अर्को तर्फ असोज ३१ देखि प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ दिपेन्द्र लामा निर्देशित यो चलचित्रले सोही अवधिमा तीन करोड ३४ लाखको कलेक्सन गरेको छ भने एक लाख तीन हजार नौँ सय ७९ दर्शकले हेरेका छन्।

प्रकाशित: १६ कार्तिक २०८३ १३:४५ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
12h ago
प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

कार्तिक २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘बाटुलो जून’ का निर्माण टिमले शुक्रबार साइबर ब्यूरोमा उजुरी दर्ता गराएका छन्। चलचित्र प्रदर्शनको दुई दिन नबित्दै यसमा समावेश दृश्यहरू हल भित्रबाट रेकर्ड ...

#प्रदर्शन #चलचित्र
Compare →
Onlinekhabar
1d ago
एनपीएलको बीचमै फर्किए विदेशी खेलाडी, को-को गए ? कसको प्रदर्शन कस्तो ?

एनपीएलको बीचमै फर्किए विदेशी खेलाडी, को-को गए ? कसको प्रदर्शन कस्तो ?

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको प्लेअफ पुग्न चर्को प्रतिस्पर्धा भइरहँदा केही विश्व चर्चित विदेशी खेलाडी भने प्रतियोगिताको बीचमै फर्किएका छन् । टिमको प्रदर्शनमा महत्वपूर्ण योगदान गर्दै जितका लागि सहयोग गरेका केही …

#प्रदर्शन #कस्तो
Compare →

Related Stories

Business & Economy
Build #2611