बाघभैरव दोस्रो वडा अध्यक्ष कप खुला कराते प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । बाघभैरवले ५ स्वर्ण, ३ रजत र ३ कांस्य पदक जितेकाे थियाे ।
काठमाडौँ — बाघभैरव दोस्रो वडा अध्यक्ष कप खुला कराते प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । बाघभैरवले ५ स्वर्ण, ३ रजत र ३ कांस्य पदक जित्यो ।
चुच्चेपाटीस्थित भएको प्रतियोगितामा ठैव ४ स्वर्ण, १ रजत र ३ कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको भृकुटीले ३ स्वर्ण, १ रजत र ३ कांस्य हात जितेको थियो ।
नेपाल गोजुकाइ कराते डो संघको आयोजना तथा मित्रपार्क नाय खिं बाजं खलःको सहकार्यमा भएको प्रतियोगिताको ब्वाइजमा चिल्ड्रेन मोडेलका साइमन मल्ल तथा गर्ल्समा अरनिकोकी उर्मिला चेपाङ उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्टलाई आयोजक संघका उपाध्यक्ष जनार्दन उप्रेतीले प्रोत्साहनस्वरुप जनही ६ हजार पुरस्कार प्रदान गरेको आयोजक संघका महासचिव एवं सहायक प्रमुख प्रशिक्षक इन्द्र खड्गे शाहीले जनाएका छन् ।
विजेतालाई काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, पाँखखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल, पूर्व प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरलगायतले पुरस्कृत गरे ।
सोही अवसरमा आयोजक संघका उपाध्यक्ष जंगबहादुर हमाललाई पनि सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा ब्वाइज र गर्ल्सतर्फ गरी २२ स्पर्धामा २ सय २० खेलाडीले प्रतिस्पर्धा गरेको प्रचार प्रसार उपसमितिका संयोजक अच्युतराज उप्रेतीले जनाएका छन् ।