Trending
Prev Story
Next Story

भारतीय विदेश सचिव विक्रम मिस्री बुधबार नेपाल आउँदै

Ekantipur •
November 02, 2026 • 12:02 PM
1
1 reads 0 reactions

प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीबीच भारतीय विदेश सचिव विक्रम मिस्री कात्तिक १८ र १९ मा नेपाल आउने भएका छन् । उनले द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विषयमा छलफल गर्नेछन् ।

भारतीय विदेश सचिव विक्रम मिस्री बुधबार नेपाल आउँदै

प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीबीच भारतीय विदेश सचिव विक्रम मिस्री कात्तिक १८ र १९ मा नेपाल आउने भएका छन् । उनले द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विषयमा छलफल गर्नेछन् ।

काठमाडौँ — नेपाल र भारतले भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणको सोमबार संयुक्त रूपमा घोषणा गरेका छन् । दुई देशबीचको लामो समयदेखिको सम्बन्धलाई थप अघि बढाउने र सहकार्यका प्रमुख क्षेत्रहरूको समीक्षा गर्ने उद्देश्यसहित मिस्री यही १८ र १९ कात्तिकमा काठमाडौं आउने भएका हुन् । उनले आफ्ना नेपाली समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईसँग द्विपक्षीय छलफल गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार विदेश सचिव राईको निमन्त्रणामा मिस्री नेपाल आउन लागेका हुन् । दुईदिने भ्रमणका क्रममा दुवै देशका विदेश सचिवले नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान गर्नेछन् ।

भारतीय विदेश मन्त्रालयले मिस्रीले द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी साझा चासोका विषयमा छलफल गर्न नेपालको औपचारिक भ्रमण गर्न लागेको जनाएको छ ।

मिस्रीले नेपालका उच्च अधिकारी तथा राजनीतिक दलका नेताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनी १९ कात्तिकमा दिल्ली फर्कनेछन् ।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्ने अपेक्षा गरिएको छ ।

काठमाडौं र नयाँदिल्ली प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारी मा जुटिरहेका बेला मिस्रीको भ्रमण हुन लागेको हो । प्रधानमन्त्री शाह मंसिर दोस्रो साताको उत्तरार्द्धमा भारत जाने अपेक्षा गरिएको छ । भ्रमणको मिति औपचारिक रूपमा घोषणा भइसकेको छैन । यद्यपि, भ्रमणको तयारी र सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्न दुवै देशले कूटनीतिक संवाद तीव्र बनाएका छन् ।

मिस्रीको भ्रमणमा प्रधानमन्त्री शाहको भारत भ्रमणको कार्यसूची, प्राथमिकता र सम्भावित उपलब्धिबारे छलफल हुने अपेक्षा गरिएको छ । यसका साथै द्विपक्षीय सम्बन्धको समग्र समीक्षा र प्रधानमन्त्रीस्तरीय वार्तामा उठ्न सक्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

'भारत र नेपालबीच बलियो र मैत्रीपूर्ण सम्बन्ध छ । सहकार्यका विविध क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । विदेश सचिवको आसन्न भ्रमणले दुई देशबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनेछ र व्यापक द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउन सहयोग गर्नेछ,' भारतीय विदेश मन्त्रालयको वक्तव्यमा भनिएको छ ।

गत वर्ष १३ चैतमा पदभार सम्हालेका प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमण उनको पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुनेछ । नयाँ सरकार गठन भएलगत्तै भारतले उनलाई भ्रमणको निमन्त्रणा दिएको थियो । परराष्ट्रमन्त्री शिशिर खनालले आपसी हितका क्षेत्रमा सहकार्य अघि बढाउने र भ्रमणलाई उपलब्धिमूलक बनाउने उद्देश्यले दुवै देशले काम गरिरहेको बताएका छन् ।

नेपाल र भारतबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, सुरक्षा तथा जनस्तरको सम्बन्धलगायत बहुआयामिक सम्बन्ध छ । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीको प्रमुख स्रोत हो । आर्थिक वर्ष २०२५/२६ मा दुई देशबीचको वस्तु व्यापार करिब ९ अर्ब ३८ करोड अमेरिकी डलर पुगेको थियो । यो नेपालको कुल वैदेशिक वस्तु व्यापारको ६० प्रतिशतभन्दा बढी हो ।

दुई देशबीच सीमा व्यवस्थापन, व्यापार, सुरक्षा, जलस्रोत, जलविद्युत् र सम्पर्क सञ्जाललगायत सम्बन्धका विभिन्न पक्षमा काम गर्ने ४० भन्दा बढी द्विपक्षीय संस्थागत संयन्त्र छन् ।

विदेश सचिवस्तरीय बैठक यसअघि गत जुनमा परराष्ट्रमन्त्री खनालले गरेको भारत भ्रमणपछि हुन लागेको हो । त्यस क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए । दुई मन्त्रीले विकास साझेदारी, सम्पर्क सञ्जाल, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धमा भइरहेको सहकार्यको समीक्षा गरेका थिए । उनीहरूले क्षेत्रीय तथा बहुपक्षीय विषयमा पनि छलफल गर्दै डिजिटल तथा वित्तीय प्रविधि, नवप्रवर्तन र क्षमता अभिवृद्धिलगायत उदीयमान क्षेत्रमा सहकार्य बढाउने सहमति गरेका थिए ।

आगामी कूटनीतिक भेटवार्ता लामो समयदेखि समाधान हुन नसकेका सीमा विवाद, व्यापार तथा पारवहन व्यवस्था, सीमापार सम्पर्क सञ्जाल र यसअघि भएका सम्झौताको कार्यान्वयनजस्ता विषयको पृष्ठभूमिमा हुन लागेको छ ।

दुवै सरकार ऊर्जा, पूर्वाधार र सम्पर्क सञ्जाललगायत क्षेत्रमा आर्थिक सहकार्य अघि बढाउन तथा बाँकी द्विपक्षीय समस्या समाधान गर्न प्रस्तावित उच्चस्तरीय राजनीतिक भेटवार्तालाई उपयोग गर्ने तयारीमा छन् ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
भारतीय विदेश मन्त्रालयले भन्यो : प्रधानमन्त्री वालेन्द्रको भ्रमणका एजेन्डामा नेपालसँग कुरा हुँदैछ

भारतीय विदेश मन्त्रालयले भन्यो : प्रधानमन्त्री वालेन्द्रको भ्रमणका एजेन्डामा नेपालसँग कुरा हुँदैछ

काठमाण्डु– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणबारे भारतीय विदेश मन्त्रालयले पछिल्लो धारणा सार्वजनिक गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले मंगलबार (नोभे...

#विदेश #भारतीय
Compare →
Onlinekhabar
13h ago
नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

२७ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । ३१औं पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा भएको उक्त भेटवार्तामा …

#भारतीय
Compare →
Nagarik News
13h ago
विमानस्थलबाट भारतीय नागरिक पक्राउ

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो।

#भारतीय
Compare →

Related Stories

World News
Build #2612