Trending
Prev Story
Next Story

डा. अस्मिता बिष्टको ‘समय सालामा नृत्यमग्न आकृति’ लोकार्पण

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

काठमाडौं । उपप्राध्यापक तथा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डा. अस्मिता बिष्टको पहिलो निबन्ध संग्रह 'समय सालामा नृत्यमग्न आकृति' लोकार्पण गरिएको छ । म‌ंगलबार धरानमा एक समारोह आयोजना गरी कृति सार्वजनिक गरिएको हो । कार्यक्रमको आयोजना महेन्द्र …

डा. अस्मिता बिष्टको ‘समय सालामा नृत्यमग्न आकृति’ लोकार्पण

काठमाडौं । उपप्राध्यापक तथा नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ डा. अस्मिता बिष्टको पहिलो निबन्ध संग्रह ‘समय सालामा नृत्यमग्न आकृति’ लोकार्पण गरिएको छ । म‌ंगलबार धरानमा एक समारोह आयोजना गरी कृति सार्वजनिक गरिएको हो ।

कार्यक्रमको आयोजना महेन्द्र बहुमुखी क्याम्पस, धरानको अंग्रेजी विभागले गरेको थियो । विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा प्रा.डा. गोपालप्रसाद भण्डारी, प्रा.डा. खेमनाथ दाहाल, सहप्रा.डा. मोहन तुम्बाहाङ लगायतको उपस्थिति थियो ।

लोकार्पण समारोहमा कृतिमाथि समीक्षा गर्दै महेन्द्र बहुमुखी क्याम्पस नेपाली विभागका प्रमुख उपप्राध्यापक डा. दीपकप्रसाद न्यौपानेले निजात्मक शैलीका सत्रवटा निबन्ध समेटिएको यो कृति निबन्धको सैद्धान्तिक मापदण्डका दृष्टिले उत्कृष्ट रहेको बताए ।

कार्यक्रमकी अर्की समीक्षक प्राध्यापक डा. इन्दिरा मिश्रले परिवृत्त चेतनाको प्रयोग, मातृत्व, नारीवादी चेतना, शिल्पसौन्दर्य आदिका दृष्टिले निबन्ध संग्रह नेपाली निबन्ध परम्पराकै उत्कृष्ट रहेको धारणा राखिन् ।

समारोहमा लेखक-श्रोताका बीचमा अन्तरक्रिया कार्यक्रम समेत राखिएको थियो ।

निबन्धकार डा. अस्मिता बिष्टले आफू समीक्षा र सिर्जना दुवै क्षेत्रमा निरन्तर क्रियाशील रहे पनि समीक्षामा भन्दा सिर्जनामै बढी रमाउने गरेको बताइन् । कक्षा पाँचदेखि नै कविता रचना गर्न थालेको स्मरण गर्दै उनले अबको सिर्जनायात्रामा कविता र निबन्ध लेखनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
6d ago
श्रीकृष्ण सिम्खडाको कविता संग्रह ‘भाग ३’ लोकार्पण

श्रीकृष्ण सिम्खडाको कविता संग्रह ‘भाग ३’ लोकार्पण

काठमाडौँ । हास्य कलाकार तथा कवि श्रीकृष्ण सिम्खडाको कविता संग्रह ‘श्रीकृष्ण सिम्खडाका कविताहरू भाग ३’ लोकार्पण गरिएको छ । शुक्रबार बत्तीसपुतलीस्थित कोइराला कुटीमा आयोजित कार्यक्रममा समाजसेवी धनकुम...

#लोकार्पण
Compare →

Related Stories

World News
Build #2612