Trending
Prev Story
Next Story

शंकर पोखरेलको टिप्पणी– राज्य सञ्चालनलाई भाँडाकुटी खेलेजस्तो बनाइयो

Onlinekhabar •
November 02, 2026 • 10:00 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूका गतिविधिहरूले राज्य सञ्चालनको विषयलाई बालबालिकाहरूले खेल्ने भाँडाकुटी जस्तो बनाइएको टिप्पणी गरेका छन् । सोमबार प्रेस चौतारी नेपालले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा …

शंकर पोखरेलको टिप्पणी– राज्य सञ्चालनलाई भाँडाकुटी खेलेजस्तो बनाइयो

१६ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूका गतिविधिहरूले राज्य सञ्चालनको विषयलाई बालबालिकाहरूले खेल्ने भाँडाकुटी जस्तो बनाइएको टिप्पणी गरेका छन् ।

सोमबार प्रेस चौतारी नेपालले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । राज्यको जिम्मेवार ओहदामा बस्ने व्यक्ति अझै संयमित र जिम्मेवार हुनुपर्नेमा सत्तत्रा सञ्चालनलाई मजाकको विषय बनाइएको टिप्पणी उनको थियो ।

‘प्रधानमन्त्रीका प्रमुख सल्लाहकार भन्दै गर्नुहुन्छ कतिजनाको सूचीमा तिम्रो नाम परेन भने त तिमी के पत्रकार ? भनेर चाहीँ पत्रकारहरूलाई मेन्सन गर्नुहुन्छ । राज्य यस्तो प्रकारको ठट्टा मजाकको विषय बन्न सक्दछ ? जति जिम्मेवार ओहदामा भयो त्यति ज्यादा संयमित र जिम्मेवार हुनुपर्दछ,’ पोखरेलले भने, ‘तर आज हाम्रा मुलुकका कार्यकारी भुमिकामा रहेका मान्छेहरूका सोसल मिडियाका गतिविधिहरू हेर्ने हो पढ्ने हो भने, राज्य बालबालिकाहरूले खेल्ने भाडाकुटी जस्तो विषय बनाइएको छ । राज्य राज्य जस्तो छैन, सरकार सरकार जस्तो छैन । जसले हाम्रो लोकतन्त्रलाई पनि कमजोर बनाइराखेको छ र संविधान र संवैधानिक अंगहरू एक प्रकारले निष्क्रिय बनेका छन् ।’

सरकारका यस्ता गतिविधिहरूले मुलुकको लोकतान्त्रिक व्यवस्थाको भविष्यमाथि समेत संकट उत्पन्न भएको उनको भनाइ थियो । विद्यार्थी संगठन, ट्रेड युनियन, व्यावसायिक संगठन र सञ्चारमाध्यममाथि राज्यको नियन्त्रण बढ्दै गएको समेत उनले बताए । लोकतन्त्रको आधार संगठित हुने र अभिव्यक्ति स्वतन्त्रताको अधिकार भएपनि पछिल्लो समय विद्यार्थी संगठनका गतिविधि प्रतिवन्धित गर्ने, विश्वविद्यालय तथा क्याम्पसमा ट्रेड युनियन अधिकार नियन्त्रण गर्ने र व्यावसायिक संगठनलाई समेत गतिविधि नगर्न निर्देशन दिने काम भइरहेकोप्रति आपत्ति पनि उनले जनाए ।

‘अहिले मुलुकको लोकतन्त्रको भविष्यमाथि पनि संकट उत्पन्न भएको छ । लोकतन्त्रको आधार भनेको संगठित हुने र आफ्ना कुराहरू अभिव्यक्त गर्ने अधिकारकारको रुपमा बुझिन्छ । अहिले नेपालको लोकतान्त्रिक आन्दोलनका फाउन्डेसनका रुपमा रहेका विद्यार्थी संगठनको गतिविधिलाई प्रतिबन्ध लगाउने काम भएको छ,’ पोखरेलले भने, ‘विश्व विद्यालयहरूमा, क्याम्पसहरूमा, ट्रेड युनियनहरूको अधिकारलाई नियन्त्रण गर्ने काम भएको छ । अस्ति मात्रै मैले एउटा समाचार पढ्दै थिएँ । गृहमन्त्रालयको आदेश भनेर व्यावसायिक संगठनहरूलाई पनि रोक लगाउने काम भएको छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
हामी नयाँ ढंगले अगाडि बढ्छौँ : शंकर पोखरेल

हामी नयाँ ढंगले अगाडि बढ्छौँ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित हारपछि एमाले नयाँ ढंगले अघि बढ्ने प्रयासमा रहेको बताएका छन्।

#पोखरेल #शंकर
Compare →
Hamro Patro News
1w ago
एमालेको इतिहास फर्किएर हेर्न रास्वपालाई शंकर पोखरेलको सुझाव

एमालेको इतिहास फर्किएर हेर्न रास्वपालाई शंकर पोखरेलको सुझाव

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) लाई कार्यकाल पूरा नहुँदै हटाउने निर्णयले राजनीतिक दललाई समेत गम्भीर क्षति पुर्‍याउन सक्ने चेतावनी दिएका छन् । उनले विगतको राजनीति...

#पोखरेल #शंकर
Compare →
Ekantipur
1w ago
नेपाली मूलका ३ जना बने अमेरिकामा राज्य सांसद, भण्डारी र श्रेष्ठको ‘ह्याट्रिक’

नेपाली मूलका ३ जना बने अमेरिकामा राज्य सांसद, भण्डारी र श्रेष्ठको ‘ह्याट्रिक’

मेरिल्यान्ड राज्यको ‘डिस्ट्रिक्ट ८’ बाट हाउस अफ डेलिगेट्स (राज्य विधानसभा) मा ह्यारी भण्डारी, न्युयोर्कको ‘डिस्ट्रिक्ट १०३’ बाट हाउस अफ एसेम्ब्ली (राज्य विधानसभा) मा सराहना श्रेष्ठ र न्यु ह्याम्पसायरको स्टेट रिप्रिजेन्टेटिभ्स (राज्य प्रतिनिधिसभा) मा हिल्सबरो काउन्टीको ‘डिस्ट्रिक्ट ४१’ बाट विश्वबहादुर शाह निर्वाचित भएका हुन् ।

#राज्य
Compare →
Arthasansar
1w ago
आईजीपी हटाउने विषयमा पार्टीबाट पनि निर्देशन आएको थियो - प्रवक्ता पोखरेल

आईजीपी हटाउने विषयमा पार्टीबाट पनि निर्देशन आएको थियो - प्रवक्ता पोखरेल

नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउन पार्टी(रास्वपा)बाट पनि निर्देशन आएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका...

#पोखरेल
Compare →

Related Stories

Politics & Governance
Build #2612