Trending
Prev Story
Next Story

निर्वाचन क्षेत्रमा रवि लामिछानेका २४ घण्टा: मतदाता भेटघाट, कार्यकर्तालाई सम्बोधन र तिखो राजनीतिक टिप्पणी

Ekantipur •
November 07, 2026 • 03:32 AM
1
1 reads 0 reactions

भरतपुरदेखि मुग्लिन र कालिकासम्मका कार्यक्रममा सहभागी भएका लामिछानेले सरकारका कामकारबाही तथा पार्टीभित्रका गतिविधिमाथि खरो टिप्पणी गरे।

निर्वाचन क्षेत्रमा रवि लामिछानेका २४ घण्टा: मतदाता भेटघाट, कार्यकर्तालाई सम्बोधन र तिखो राजनीतिक टिप्पणी

भरतपुरदेखि मुग्लिन र कालिकासम्मका कार्यक्रममा सहभागी भएका लामिछानेले सरकारका कामकारबाही तथा पार्टीभित्रका गतिविधिमाथि खरो टिप्पणी गरे।

चितवन — सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति तथा चितवन–२ का सांसद रवि लामिछाने निर्वाचन सकिएको लामो समयपछि बिहीबार चितवन आएर लगभग २४ घण्टा बिताउँदा पार्टीका कार्यकर्ता, मतदाता र संघसंस्थाका प्रतिनिधिहरूसँग भेटघाट गरेका छन् ।

फर्कने बेलामा भरतपुरको चितवन गार्डेन रिसोर्ट (सीजीआर)मा पार्टीको जिल्ला समितिले आयोजना गरेको विशेष सम्बोधनमा सभापति लामिछानेले कार्यकर्ताको शैली र समसामयिक राजनीतिक विषयमा गरेको तिखो टिप्पणी अहिले चर्चामा छ । चुनावपछि गएको असारमा भरतपुरमै भएको पार्टीको पहिलो केन्द्रीय महाधिवेशनमा लामिछाने चितवनमा व्यस्त थिए । त्यसपछि बिहीबार साँझपख विमानबाट भरतपुर ओर्लेका लामिछानेले लगत्तै भेटघाट र सम्बोधनको शृङ्खला सुरु गरेका थिए ।

पार्टीका जिल्ला सचिव तेजेन्द्र पौडेलले बिहीबार भरतपुर आएलगत्तै जिल्ला पार्टी कार्यालयमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेको जानकारी दिए । जहाँ पार्टीका क्षेत्रीय र पालिका समितिका सभापतिहरू सहभागी थिए । त्यसपछि प्रस्तावित पूर्वपश्चिम रेलमार्गमा घरजग्गा पर्ने भरतपुरका स्थानीय र भरतपुर विमानस्थल आडको दक्षिण र पश्चिम किनारमा घरजग्गा भएका स्थानीयहरूले लामिछानेसँग आफ्ना अप्ठ्याराहरू राखेका थिए ।

रेलमार्ग र भरतपुर विमानस्थल विस्तार हुँदा हजारौंको घरजग्गालाई असर पर्ने स्थानीयहरूको भनाइ रहँदै आएको छ । त्यसपछि भरतपुर आँखा अस्पतालका प्रतिनिधिहरूले लामिछानेसँग भेट गरेका थिए । भरतपुरको सरकारी अस्पतालको जग्गा भोगचलन गर्दै आएको आँखा अस्पताल गैरसरकारी संस्था नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको हो । यहाँ भरतपुर अस्पतालको जग्गा भोगाधिकार र स्वामित्व विवाद छ । पार्टीको जिल्ला समिति र महानगर समितिसँग छलफल सकेर केही सरकारी अधिकारीसँगको भेटपछि बिहीबारको कार्यक्रम सकिएको थियो ।

शुक्रबार बिहानैबाट लामिछानेको भेटघाट सुरु भएको थियो । जिल्लाका केही राजनीतिक व्यक्तित्वसँग भेटघाट भ्याएर लामिछाने नारायणगढ नारायणी नदी किनारको गौरेश्वर पशुपति मन्दिर पुगेका थिए । सो मन्दिरमा गएको वर्षायाममा नारायणीमा आएको बाढीले तल्लो खण्डमा क्षति गरेको छ । नदी कटान रोक्न मन्दिर समितिले लामिछानेसँग सहयोग मागेका छन् । त्यसपछि चितवन उद्योग वाणिज्य संघमा संघका पदाधिकारीहरूसँग लामिछानेको छलफल सम्पन्न भएको थियो । संघका पदाधिकारीहरूले नारायणी नदीको कटानबाट नारायणगढलाई जोगाउन तत्काल विशेष योजनाहरू आउनुपर्ने माग गरेका थिए । उद्योग वाणिज्य संघपछि पनि लामिछाने भरतपुर–३ र ४ नम्बर वडाको नारायणी नदी किनार बाह्रघरे र रामघाट गएर कटान भएको क्षेत्र निरीक्षण गरेका थिए ।

भरतपुर क्षेत्रको कार्यक्रमपछि लामिछाने चितवन–२ अन्तर्गत पर्ने इच्छाकामना गाउँपालिकाको मुग्लिन बजार गएर पार्टीको गाउँ इकाइ समितिले राखेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी भएका थिए । मुग्लिनबाट फर्कने क्रममा भरतपुर–१ को पार्टी समितिले रामनगरमा राखेको शुभकामना कार्यक्रममा सरिक भएको जिल्ला समितिका सचिव पौडेलले बताए ।

रामनगरपछि लामिछाने कालिका नगरपालिकाको क्लब चोक पुगेर नगर समितिले राखेको कार्यक्रमलाई सम्बोधन गरे । चितवन–२ मा भरतपुर महानगरपालिकाका २९ मध्ये १० वटा वडाहरू र कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिका पर्दछन् । कालिकाको क्लब चोकपछि लामिछाने भरतपुरमा जिल्ला समितिले आयोजना गरेको विशेष सम्बोधनमा बोलेका थिए । लगभग २४ घण्टा बिताएपछि उनी शुक्रबार काठमाडौं फर्केका छन् ।

भरतपुरको विशेष सम्बोधनमा उनले कार्यकर्ता तहमा देखिएको प्रवृत्तिप्रति चर्को असन्तुष्टि प्रकट गरे । सत्तारूढ दलका सभापति लामिछानेले सरकारले गरेका पछिल्ला कामकारबाहीप्रति पनि खरो टिप्पणी गरे । यद्यपि यसलाई सरकार र पार्टीबीचको विवाद र टकरावका रूपमा नबुझ्न उनले आग्रह भने गरेका थिए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
9h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#कार्यकर्ता #सम्बोधन
Compare →
Hamro Patro News
1d ago
रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेलले छठको सम्पूर्ण विधि जनकपुरधाममै गर्ने : मनिष झा

रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेलले छठको सम्पूर्ण विधि जनकपुरधाममै गर्ने : मनिष झा

Arthadabali is Best Economics News portal for Economics, Capital Market, Auto News, Share Market, Opinions, Entertainment, Corporate, English News, Education, Agriculture, Technology and other news...

#रवि-लामिछाने #रवि #लामिछाने
Compare →
Nagarik News
12h ago
एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र, उल्लासमय सहभागिता जुट्ने नेताहरूको रिपोर्टिङ

एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र, उल्लासमय सहभागिता जुट्ने नेताहरूको रिपोर्टिङ

भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने भएको छ।

#कार्यकर्ता
Compare →

Related Stories

Politics & Governance
Build #2611