Trending
Prev Story
Next Story

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

Ekantipur •
November 07, 2026 • 03:31 AM
1
1 reads 0 reactions

राति ११:५० बजे प्राप्त सूचनापछि ४५ सदस्यीय संयुक्त प्रहरी टोलीले घरधनीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

राति ११:५० बजे प्राप्त सूचनापछि ४५ सदस्यीय संयुक्त प्रहरी टोलीले घरधनीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सुर्खेत — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ जिरो ड्यामस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार राति ११ बजेर ५० मिनेटमा प्रशान्त शाहीको घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश प्रहरी गणबाट खटिएको ४५ जना प्रहरीको संयुक्त टोलीले घरधनी ३४ वर्षीय प्रशान्त शाहीसहित १७ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट १ लाख ५ हजार ६ सय ७० रुपैयाँ, २८ बुक तास र लङ्गुरबुर्जा खेलका ६ वटा गोटी बरामद गरेको जनाएको छ । बरामद तासमध्ये २४ बुक नखुलेका र ४ बुक खुलेका छन् ।

पक्राउ पर्नेमा दैलेखका १०, अछामका ३, सुर्खेतका ३ र बर्दियाका १ जना छन् । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6d ago
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४ जिरो ड्यामस्थित प्रशान्त शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ। गोप्य सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले ...

#सुर्खेत #जुवातास #खेलिरहे
Compare →
Arthasansar
4d ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#जुवातास #खेलिरहे #अवस्थामा
Compare →
Onlinekhabar
3d ago
जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

२४ कात्तिक, काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न जिल्लाबाट ११० जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार काठमाडौं, बूढानीलकण्ठ नगरपालिका-६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४५ वर्षीय राजेश नगरकोटी समेत १० जनालाई …

#जुवातास #खेलिरहे #अवस्थामा
Compare →
Nagarik News
4d ago
जुवाखालबाट साढे तीन लाखसहित ८ जना पक्राउ

जुवाखालबाट साढे तीन लाखसहित ८ जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ३ लाख ७७ हजार ८ सय ५० रुपैयाँ नगदसमेत बरामद गरेको छ।

#सुर्खेत #जुवातास #खेलिरहे
Compare →

Related Stories

National (Nepal)
Build #2611