Trending
Prev Story
Next Story

बर्दिया कारागारमा क्षमताभन्दा झन्डै चार गुणा कैदीबन्दी

Ekantipur •
November 02, 2026 • 05:02 AM
1
1 reads 0 reactions

१ सय २५ जना क्षमता रहेको कारागारमा आइतबारसम्म ४ सय ७३ जना कैदीबन्दी भरिएका छन् । क्षमताभन्दा बढीपछि साँघुरो कोठामा कैदीबन्दी कोचिएर बस्न बाध्य छन् ।

बर्दिया कारागारमा क्षमताभन्दा झन्डै चार गुणा कैदीबन्दी

१ सय २५ जना क्षमता रहेको कारागारमा आइतबारसम्म ४ सय ७३ जना कैदीबन्दी भरिएका छन् । क्षमताभन्दा बढीपछि साँघुरो कोठामा कैदीबन्दी कोचिएर बस्न बाध्य छन् ।

बर्दिया — १ सय २५ जना क्षमता रहेको कारागारमा आइतबारसम्म ४ सय ७३ जना कैदीबन्दी भरिएका छन् । झन्डै चार गुणा कैदीबन्दी भरिएपछि उनीहरू कोचिएर सुत्न बाध्य भएका छन् ।

बर्दिया कारागारमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै बन्दीगृह रहेका छन् । पुरुष कारागारमा ४ सय ३ जना कैदी र थुनुवा बन्दी छन् । महिला कारागारमा ७२ जना कैदीबन्दी र तीन जना आश्रित बालबालिका रहेका छन् । पुरुष कारागारमा सबैभन्दा बढी जबर्जस्ती करणी मुद्दाका १ सय ५३ जना कैदीबन्दी छन् । यसैगरी लागुऔषधका १ सय ३६ जना र डाँका चोरीका २९ जना कैदी तथा थुनुवा बन्दी रहेको कारागार प्रमुख लोकराज ढकालले बताए ।

क्षमताभन्दा बढी कैदीबन्दी भरिएपछि साँघुरो कोठामा क्षमताभन्दा बढी कैदी उत्तानो परेर सुत्न बाध्य भएको उनले बताए । विद्युत् सेवा अवरुद्ध हुँदा पसिना आउने र सुत्दा एकअर्काको श्वासप्रश्वासको दुर्गन्ध सहन बाध्य हुनुपरेको कैदी तथा थुनुवाको गुनासो छ ।

२०३४ सालमा निर्माण भएको कारागारमा कैदीबन्दी बढ्दै गएपछि सुरक्षामा चुनौती थपिँदै गएको छ । निर्वाचनलगायत विशेष परिस्थितिमा सेना र सशस्त्र प्रहरी बल तैनाथ भए पनि अन्य समयमा नेपाल प्रहरीले सुरक्षाको कमान्ड सम्हाल्दै आएको छ । महिलाका लागि छुट्टै थुनुवा कोठा करिब २० वर्षअघि निर्माण गरिएको थियो । २०८० भदौ १६ गते बर्दिया कारागारबाट कर्तव्य ज्यान मुद्दाका ठाकुरबाबा नगरपालिका–८ का २७ वर्षीय टोपे भन्ने अजित बुढाक्षेत्री फरार भएका थिए ।

३० वर्ष कैद सजाय पाएका बुढाक्षेत्री एक वर्ष सजाय भोगिसकेका कैदी थिए । बुढाक्षेत्री फरार भएपछि कारागार वरिपरिको पर्खालमा काँडेतारले घेरिएको छ । कैदी तथा थुनुवासँगको भेटघाटमा पनि सुरक्षा जाँच कडा पारिएको कारागार प्रशासनले जनाएको छ ।

पञ्चायती व्यवस्थाविरुद्धका मुद्दामा २०४५/०४६ सालमा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइराला र तत्कालीन सभामुख तारानाथ रानाभाटले यसै कारागारमा बन्दी जीवन बिताएका थिए । हालसम्म कारागार सुधार, क्षमताको विस्तार र जीर्ण भवनको मर्मत हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालयदेखि करिब डेढ किलोमिटर पश्चिम तुलापुरमा रहेको कारागार जीर्ण भइसकेको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
गुल्मी कारागारमा कैदीबन्दीलाई भाइटीका लगाइदिँदै सांसद

गुल्मी कारागारमा कैदीबन्दीलाई भाइटीका लगाइदिँदै सांसद

गुल्मी कारागारमा भाइटीकाको दिन कैदीबन्दीहरूलाई टीका लगाइदिएर तिहारको खुसी साट्दै राष्ट्रियसभा सदस्य विष्णु कुमारी सापकोटा। तस्बिर : रासस

#कैदीबन्दी #कारागार
Compare →
Nagarik News
1d ago
वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन

वीरगन्ज कारागारबाट फरार कैदी खोज्न तालिमप्राप्त कुकुर परिचालन

पर्साको वीरगन्जमा रहेको वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका एक कैदी फरार भएका छन्।

#कारागार #रहे
Compare →
Onlinekhabar
1d ago
वीरगञ्ज कारागारबाट एक जना कैदी फरार

वीरगञ्ज कारागारबाट एक जना कैदी फरार

२६ कात्तिक, जनकपुरधाम । पर्साको वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका छन्। पर्साको पोखरीया सतुरियाका सुनिल साह नाम गरेका कैदी फरार भएका हुन् । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले कैदी फरार भएको पुष्टि …

#कारागार
Compare →
Bizshala
3d ago
जानकीको हरेक १०० रुपैयाँ कर्जामध्ये झन्डै ६३ रुपैयाँ निष्क्रिय, प्रभुको खराब कर्जा दर एक वर्षमै अढाइ गुणा

जानकीको हरेक १०० रुपैयाँ कर्जामध्ये झन्डै ६३ रुपैयाँ निष्क्रिय, प्रभुको खराब कर्जा दर एक वर्षमै अढाइ गुणा

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका पहिलो त्रैमासिक विवरणले कर्जा असुलीको दबाब संस्थापिच्छे निकै फरक रहेको देखाएका...

#झन्डै #गुणा
Compare →

Related Stories

National (Nepal)
Build #2611