Trending
Prev Story
Next Story

धरानबाट २ सय ९ केजी गाँजासहित ५ जना पक्राउ

Ekantipur •
November 02, 2026 • 05:02 AM
1
1 reads 0 reactions

दुईवटा गाडीमा लोड गरिएको गाँजासहित समातिएका उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान लगिएको छ ।

धरानबाट २ सय ९ केजी गाँजासहित ५ जना पक्राउ

दुईवटा गाडीमा लोड गरिएको गाँजासहित समातिएका उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान लगिएको छ ।

सुनसरी — धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुईवटा स्कार्पियो गाडीमा ‘लोड’ गरिएको दुई क्विन्टल नौ किलो ४२० ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीलाई देखेपछि गाँजा बोकेर भाग्न खोज्ने क्रममा प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहार प्रान्त मधुवनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे छन् ।

प्रहरीले त्यस क्रममा बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका दुईवटा स्कार्पियो  समेत बरामद गरेको सूचना अधिकारी खड्काले बताए । पक्राउ परेका पाँचै जनालाई गाँजा र गाडीसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा लगिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
धरानमा २०९ किलो गाँजासहित पाँच पक्राउ, प्रहरीको दुई राउण्ड हवाई फायर

धरानमा २०९ किलो गाँजासहित पाँच पक्राउ, प्रहरीको दुई राउण्ड हवाई फायर

काठमाण्डौ । सुनसरीको धरानबाट दुई सय नौ किलोभन्दा बढी गाँजासहित पाँच जना पक्राउ परेका छन्।धरान उपमहानगरपालिका–२०...

#गाँजासहित #धरान
Compare →
Onlinekhabar
1w ago
गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले चलायो दुई राउन्ड गोली, २१० किलो गाँजासहित पाँच जना पक्राउ

गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले चलायो दुई राउन्ड गोली, २१० किलो गाँजासहित पाँच जना पक्राउ

१६ कात्तिक, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले हवाई फायर गरेर करिब २१० किलो गाँजासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । सोमबार बिहान करिब ३ बजे दुईवटा जिपमा गाँजा लोड भइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ …

#गाँजासहित
Compare →
Arthasansar
1w ago
कामना सेवा विकास बैंकद्वारा धरान उप-महानगरपालिकामा डस्टबिन वितरण

कामना सेवा विकास बैंकद्वारा धरान उप-महानगरपालिकामा डस्टबिन वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय धरान मार्फत धरान उपमहानगरपालिका – १२ को...

#धरान
Compare →
Hamro Patro News
2w ago
कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको गुजरात राज्यस्थित अहमदाबादका...

#गाँजासहित
Compare →
Nagarik News
2w ago
अमेरिकाबाट कुरियरमा आएको गाँजासहित दुई भारतीय पक्राउ

अमेरिकाबाट कुरियरमा आएको गाँजासहित दुई भारतीय पक्राउ

अमेरिकाबाट कुरियरमार्फत पठाइएको १ किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

#गाँजासहित
Compare →

Related Stories

National (Nepal)
Build #2611