Trending
Prev Story
Next Story

गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले चलायो दुई राउन्ड गोली, २१० किलो गाँजासहित पाँच जना पक्राउ

Onlinekhabar •
November 02, 2026 • 03:00 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले हवाई फायर गरेर करिब २१० किलो गाँजासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । सोमबार बिहान करिब ३ बजे दुईवटा जिपमा गाँजा लोड भइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ …

गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले चलायो दुई राउन्ड गोली, २१० किलो गाँजासहित पाँच जना पक्राउ

१६ कात्तिक, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले हवाई फायर गरेर करिब २१० किलो गाँजासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान करिब ३ बजे दुईवटा जिपमा गाँजा लोड भइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी पाँचै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका जिपमा खानतलासी गर्दा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा फेला परेको थियो ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन् ।

त्यस्तै, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र सुनसरीको धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खेल पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार रामसागर बा.१ च ५०३८ नम्बरका जिप चालक हुन् भने राजकुमार को.१ च ८१८२ नम्बरका जिपका चालक हुन् ।

पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
9h ago
तीन किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ

तीन किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो थाई गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २५ वर्षीय सुबोध कुमार रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो गौचरणबाट खटि...

#किलो #गाँजासहित #गाँजा
Compare →
Nagarik News
5d ago
३१ किलो गाँजा र खैरो हेरोइनसहित पाँच जिल्लाबाट १० जना पक्राउ

३१ किलो गाँजा र खैरो हेरोइनसहित पाँच जिल्लाबाट १० जना पक्राउ

प्रहरीले देशका विभिन्न पाँच जिल्लाबाट ठूलो परिमाणको गाँजा र खैरो हेरोइनसहित १० जनालाई पक्राउ गरेको छ।

#गाँजा #किलो
Compare →
Bizshala
1d ago
खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

खोलाको खाल्डोबाट २३१ किलोभन्दा बढी गाँजा बरामद

काठमाण्डौ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा प्रहरीले २३१ किलो ८००...

#गाँजा #किलो
Compare →

Related Stories

National (Nepal)
Build #2611