Trending
Prev Story
Next Story

राप्ती नदी : दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन

Nagarik News •
November 02, 2026 • 01:38 AM
1
1 reads 0 reactions

लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले देउखुरी उपत्यका तथा आसपासका क्षेत्रमा दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन तथा गुरुयोजना निर्माणलाई अघि बढाएको छ।

राप्ती नदी : दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन

लमहीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले देउखुरी उपत्यका तथा आसपासका क्षेत्रमा दिगो नदी व्यवस्थापनका लागि वैज्ञानिक अध्ययन तथा गुरुयोजना निर्माणलाई अघि बढाएको छ।

पश्चिम राप्ती नदीको जलाधार क्षेत्रमा भू–उपयोगमा आएको परिवर्तन, विश्वव्यापी तापमान वृद्धि तथा जलवायु परिवर्तनका कारण नदीको बहावमा परेको असरलाई दृष्टिगत गर्दै बाढी जोखिम न्यूनीकरण र पूर्वाधारको दिगो ‘डिजाइन’का लागि यो अध्ययन सुरु गरिएको हो।

सूचना अधिकारी खुमानन्द वलीका अनुसार गएको आर्थिक वर्ष  २०८२/८३ मा पश्चिम राप्ती नदीको सतबरिया क्षेत्रसम्मको करिब ४२ किलोमिटर खण्डमा बहाव क्षेत्र निर्धारण तथा अध्ययन कार्य सम्पन्न गरिएको छ। यस अध्ययनले नौमुरे बाँध निर्माणपश्चात् पश्चिम राप्ती नदीमा सुक्खा याममा हुने पानीको अभाव र बर्खायाममा आउने बाढीको प्रभावकारी व्यवस्थापन गर्न ठूलो सहयोग पुग्ने सूचना अधिकारी वलीले बताए।

नदी नियन्त्रण, पुल तथा अन्य हाइड्रोलिक संरचनाहरूको डिजाइनमा एकरूपता कायम भई दिगो र जलवायुमैत्री संरचनाहरू निर्माण हुने उनको भनाइ छ। हालसम्म निर्माण भएका नदी नियन्त्रण संरचनाहरूको संरक्षण र आगामी योजनालाई पारदर्शी एवं व्यवस्थित बनाउन ‘वेब’ आधारित सम्पत्ति व्यवस्थापन प्रणाली पनि तयार पारिएको छ।

यस प्रणालीमार्फत हालसम्म बनेका संरचनाहरूको ‘डिजिटल’ अभिलेख, त्यसबाट समुदायमा पुगेको लाभ, आवश्यक थप संरचनाहरूको विवरण, लागत र प्राप्त हुने प्रतिफल समेटेर गतिशील गुरुयोजना तयार गरिनेछ।

प्रकाशित: १६ कार्तिक २०८३ ०७:२३ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
चीन-नेपाल रेलमार्गको सम्भाव्यता अध्ययन सकेपछि 'अब राजनीतिक नेतृत्वको निर्णयको पर्खाइ'

चीन-नेपाल रेलमार्गको सम्भाव्यता अध्ययन सकेपछि 'अब राजनीतिक नेतृत्वको निर्णयको पर्खाइ'

चीनले केरुङ-काठमाण्डू रेलमार्गको सम्भावित अध्ययन सकेको जनाएसँगै अब कतिपय महत्त्वपूर्ण निर्णय राजनीतिक नेतृत्व तहबाट हुनुपर्ने समय आएको रेल विभागका अधिकारीहरूले बताएका छन्। गतसाता चीनको सियानमा चिन...

#अध्ययन
Compare →
Bizshala
1w ago
चितवनमा खुल्दै ‘द पोस्टकार्ड होटल’, राप्ती किनारमा २२ कोठाको लक्जरी रिसोर्ट

चितवनमा खुल्दै ‘द पोस्टकार्ड होटल’, राप्ती किनारमा २२ कोठाको लक्जरी रिसोर्ट

काठमाण्डौ । अन्तर्राष्ट्रिय लक्जरी हस्पिटालिटी ब्रान्ड ‘द पोस्टकार्ड होटल’ नेपाल प्रवेश गर्ने भएको छ। कम्पनीले...

#राप्ती
Compare →
Onlinekhabar
1w ago
जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

१८ कात्तिक, म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि …

#अध्ययन
Compare →
Ekantipur
3d ago
राप्ती नदीमा डुबेर बालकको मृत्यु

राप्ती नदीमा डुबेर बालकको मृत्यु

६ वर्षीय बालकको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

#राप्ती
Compare →

Related Stories

World News
Build #2611