Trending
Prev Story
Next Story

एमबाप्पेको गोलसँगै रियल म्याड्रिडको लगातार छैटौँ जित

Nagarik News •
November 02, 2026 • 01:39 AM
1
1 reads 0 reactions

पहिलो हाफ सकिनुभन्दा नौ मिनेटअघि यान डिओमान्डेले आकर्षक प्रहारमार्फत तेस्रो गोल गरे। उनले पछिल्ला ६ खेलमा चार गोल गर्नुका साथै तीन गोलका लागि सहयोग गरेका छन्।

एमबाप्पेको गोलसँगै रियल म्याड्रिडको लगातार छैटौँ जित

स्पेनिस क्लब रियल म्याड्रिडले आइतबार ला लिगामा रेसिङ सान्तान्डरलाई ३-० ले पराजित गरेको छ।

केलियन एमबाप्पे, जुड बेलिङ्घम र यान डिओमान्डेको गोलमा रियलले सबै प्रतियोगितामा लगातार छैटौँ जित निकालेको हो।

खेलको ११औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। त्यसपछि अर्दा गुलरको पासमा बेलिङ्घमले गोल गर्दै अग्रता दोब्बर बनाए। उनले विपक्षी गोलरक्षकलाई छल्दै खाली पोस्टमा बल पुर्‍याएका थिए।

पहिलो हाफ सकिनुभन्दा नौ मिनेटअघि यान डिओमान्डेले आकर्षक प्रहारमार्फत तेस्रो गोल गरे। उनले पछिल्ला ६ खेलमा चार गोल गर्नुका साथै तीन गोलका लागि सहयोग गरेका छन्।

दोस्रो हाफमा रेसिङ सान्तान्डरले प्रतिस्पर्धा गरे पनि रियलको रक्षापंक्ति तोड्न सकेन। रियलले विपक्षी टोलीलाई लक्ष्यमा एक मात्र प्रहार गर्न दिएको थियो। खेलको अन्तिम समयमा एमबाप्पेको प्रहार पोस्टमा लागेपछि उनी व्यक्तिगत दोस्रो गोल गर्नबाट चुके।

गत साता बार्सिलोनालाई हराएको रियलले यो जितसँगै आफ्नो लय कायम राखेको छ।

यो जितपछि रियल म्याड्रिड ३२ अंकसहित तेस्रो स्थानमा छ। टोली शीर्ष स्थानको बार्सिलोनाभन्दा तीन र दोस्रो स्थानको एट्लेटिको म्याड्रिडभन्दा एक अंकले पछाडि छ।

रियल म्याड्रिडले अब बुधबार च्याम्पियन्स लिगमा एईके एथेन्ससँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १६ कार्तिक २०८३ ०७:२४ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
भ्यालेन्सियामाथि रियल म्याड्रिडको ३-० को सहज जित

भ्यालेन्सियामाथि रियल म्याड्रिडको ३-० को सहज जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत सम्पन्न खेलमा रियल म्याड्रिडले भ्यालेन्सियामाथि ३-० गोल अन्तरको सहज जित निकालेको छ । भ्रमणकारी टोली रियलको जितमा फेडेरिको भालभर्डे, आर्दा गुलर र किलियन एमबाप्पे...

#गोल #रियल #म्याड्रिड
Compare →
Ekantipur
1w ago
एमबापेको गोलमा रियल विजयी

एमबापेको गोलमा रियल विजयी

पेनाल्टीबाट एमबापेले खाता खोलेपछि जुड बेलिंघम र यान डाइमान्डेको गोलसँगै रियलले सबै प्रतियोगितामा लगातार छैटौँ जित निकाल्यो।

#गोल #रियल
Compare →
Onlinekhabar
1w ago
दुई गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटेडको उत्कृष्ट पुनरागमन जित

दुई गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटेडको उत्कृष्ट पुनरागमन जित

१८ कात्तिक, काठमाडौं । दुई गोलले पछि परेको अवस्था उल्टाउँदै म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा रोमाविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ । मंगलबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले पहिलो हाफमै दुई गोल …

#गोल #हाफ
Compare →

Related Stories

Sports
Build #2611