Trending
Prev Story
Next Story

भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

Onlinekhabar •
November 02, 2026 • 01:00 AM
1
1 reads 0 reactions

१६ कात्तिक, तनहुँ । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको विकल्प तयार हुँदै गएको छ । उत्पादन भएको फूललाई …

भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

१६ कात्तिक, तनहुँ । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको विकल्प तयार हुँदै गएको छ । उत्पादन भएको फूललाई लामो समयसम्म ताजा राख्ने भण्डारण सुविधाको अभावले भने किसानलाई चिन्तित बनाएको छ ।

भिमाद नगरपालिका–५ र ६ का विभिन्न स्थानमा किसान तिहारलाई लक्षित गरी सयपत्री फूलखेतीमा जुटेका छन् । स्थानीय माटोमा फुलेका पहेँला र सुन्तला रङका सयपत्रीले उनीहरूका बारीमात्रै सजाएका छैनन्, स्थानीय उत्पादनबाटै चाडपर्वको माग पूरा गर्न सकिने सम्भावना देखाएका छन् ।

भिमाद नगरपालिका–६ अन्तर्गत बाग्टारको बाँघकुनामा रेनु थापा, सिमबोट जलौदीमा जानुका थापा र बद्रिनाथ गैह्रे तथा ऋषिङ पाटनमा बालकृष्ण गैह्रेले सयपत्री फूलखेती गरेका छन् । उनीहरूले दुई–दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेका हुन् ।

स्थानीय किसानलाई फूलखेतीतर्फ आकर्षित गर्न भिमाद नगरपालिकाले प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएको छ । नगरपालिकाको कृषि विकास शाखामार्फत प्राप्त सहयोगले किसानलाई फूलखेती विस्तार गर्न प्रोत्साहन मिलेको कृषक रेनु थापाले बताइन् ।

स्थानीयस्तरमा उत्पादन भएको फूलको प्रयोग बढाउन सके बाहिरबाट आयात हुने फूलमा निर्भरता घट्नुका साथै स्थानीय किसानको आम्दानी बढाउन सकिने अपेक्षा गरिएको उनको भनाइ छ ।

फूलखेतीमा आकर्षण बढे पनि उत्पादित फूलको व्यवस्थापन भने चुनौतीपूर्ण बन्दै गएको किसान बालकृष्ण गैह्रेले बताए ।

चाडपर्वलाई लक्षित गरी उत्पादन गरिएको फूल समयमै बिक्री हुन नसके खेर जाने जोखिम हुने र फूल टिप्ने समय नजिकिँदै जाँदा त्यसलाई ताजा राख्ने उचित व्यवस्था नहुँदा लगानी र मिहिनेत खेर जाने चिन्ता थपिएको उनको भनाइ छ ।

सयपत्री फूल लामो समयसम्म ताजा राख्न आवश्यक चिस्यानयुक्त भण्डारण सुविधा नहुँदा बजारमा माग र आपूर्तिबीचको तालमेल मिलाउन कठिन हुन भएको किसान बद्रीनाथ गैह्रेले बताए ।

उनले भने, ‘यहाँ उत्पादन भएका सयपत्री फूललाई स्थानीय बजारमा प्राथमिकता दिनसके किसानको मिहिनेतको सम्मान हुनुका साथै आगामी वर्षमा थप क्षेत्रफलमा फूलखेती गर्न प्रेरणा मिल्नेछ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2d ago
गुलरियाको खैरीमा खेतबाटै बिक्यो १० क्विन्टल सयपत्री

गुलरियाको खैरीमा खेतबाटै बिक्यो १० क्विन्टल सयपत्री

पहिले तोरी, मकै र मुगफली खेती गर्ने थारु परिवारले फूलबाट राम्रो आम्दानी पाएपछि चार वर्षदेखि व्यावसायिक सयपत्री खेतीलाई निरन्तरता दिएको छ।

#फूल #सयपत्री
Compare →
Nagarik News
1d ago
भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न

भिमादमा एक वर्षमा सडक, खानेपानी र सिँचाइका योजना सम्पन्न

भिमाद नगरपालिकाले गत आर्थिक वर्षमा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य तथा धार्मिक र सांस्कृतिक सम्पदासम्बन्धी विभिन्न पूर्वाधार आयोजना सम्पन्न गरेको छ।

#भिमाद #नगरपालिका
Compare →
Hamro Patro News
4d ago
गौसंरक्षण केन्द्रमा सामूहिक गाईपूजा

गौसंरक्षण केन्द्रमा सामूहिक गाईपूजा

तनहुँ । गाईपूजाका अवसरमा तनहुँका दुई गौसंरक्षण केन्द्रमा आज सामूहिक रूपमा गाईपूजा गरिएको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ र व्यास नगरपालिका–१० स्थित गौसंरक्षण केन्द्रमा धार्मिक विधिअनुसार गाईप...

#तनहुँ #नगरपालिका
Compare →

Related Stories

Business & Economy
Build #2611