Trending
Prev Story
Next Story

पृथ्वी राजमार्ग आज तीन घण्टा बन्द हुने

Onlinekhabar •
November 02, 2026 • 01:00 AM
1
1 reads 0 reactions

१६ कात्तिक, काठमाडौं । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आकासे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि सोमबार बिहान ११ …

पृथ्वी राजमार्ग आज तीन घण्टा बन्द हुने

१६ कात्तिक, काठमाडौं । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सवारी आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आकासे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जनाएको छ ।

सूचनाअनुसार उक्त स्थानमा निर्माण कार्य सञ्चालन हुने भएकाले सो अवधिमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न तथा गराउन अनुरोध गरेको छ ।

साथै, सवारी चालक तथा सडक प्रयोगकर्तालाई प्रचलित ट्राफिक नियम र सडक अनुशासन पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
3d ago
घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

घोप्टेभीरमा फेरि पहिरो खस्दा रोकिएको पृथ्वी राजमार्ग खुल्यो

काठमाण्डौ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाएपछि यातायात...

#पृथ्वी #राजमार्ग
Compare →
Hamro Patro News
3d ago
घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको पहिरो पन्छाएपछि यातायात सेवा पुनः नियमित भएको छ ।

#पृथ्वी #राजमार्ग
Compare →
Ekantipur
3d ago
घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सुचारु

घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सुचारु

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डको घोप्टेभीरमा गएको पहिरो हटाएपछि दुईतर्फी यातायात सुचारु भएको छ ।

#पृथ्वी #राजमार्ग
Compare →
Nagarik News
3d ago
सुख्खा पहिरोले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

सुख्खा पहिरोले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।

#पृथ्वी #राजमार्ग
Compare →

Related Stories

National (Nepal)
Build #2611