Trending
Prev Story
Next Story

प्रेमिकालाई भेट्न सबै सामान बेचे, एक हजार २०० माइल यात्रा गर्दा खुल्यो यस्तो रहस्य !

Nagarik News •
October 21, 2026 • 04:10 AM
1
1 reads 0 reactions

अन्ततः उनी एक स्थानीय रेडियो स्टेसनमा पुगे। त्यहाँ उनलाई जेसिका वास्तविक महिला नभएको जानकारी दिइयो।

प्रेमिकालाई भेट्न सबै सामान बेचे, एक हजार २०० माइल यात्रा गर्दा खुल्यो यस्तो रहस्य !

ब्राजिलका ४९ वर्षीय एडिमार मार्टिन्सले अनलाइनमा प्रेमिका ठानेकी महिलालाई भेट्न आफ्ना सबै सामान बेचे र एक हजार २०० माइलभन्दा बढी यात्रा गरे।

तर, गन्तव्यमा पुगेपछि उनले ती महिला वास्तविक नभई कृत्रिम बुद्धिमत्ता (एआई) बाट बनाइएको पात्र भएको थाहा पाए।

मार्टिन्सले सन् २०२० मा जेसिका ओलिभेरा नामको सामाजिक सञ्जाल खाता देखेका थिए। उक्त टिकटक खातामा तीन लाखभन्दा बढी फलोअर्स थिए। भिडियोमा जेसिकाले आफूलाई फार्ममा साथ दिन आउने पुरुष खोजिरहेको र उनलाई आर्थिक सहयोग गर्ने बताएकी थिइन्।

अक्टोबर ९ मा मार्टिन्सले यात्रा खर्च जुटाउन आफ्ना व्यक्तिगत सामान बेचे। त्यसपछि उनी ब्राजिलको उत्तरपूर्वी क्षेत्रबाट दक्षिणपूर्वी सहर बेलो होरिजोन्टे जाने बसमा चढे। अक्टोबर ११ मा त्यहाँ पुगेपछि उनले जेसिकालाई खोजे, तर भेट्टाउन सकेनन्।

अन्ततः उनी एक स्थानीय रेडियो स्टेसनमा पुगे। त्यहाँ उनलाई जेसिका वास्तविक महिला नभएको जानकारी दिइयो।

न्युयोर्क पोस्ट का अनुसार मार्टिन्सले आफू एक्लोपनबाट दिक्क भएर सम्बन्धको खोजीमा टाढा आएको बताएका छन्। उनले भने, ‘मैले मेरा सबै सामान बेचेँ, सबै कुरा त्यागेँ।’

घटनापछि टिकटक खाताको सञ्चालकले जेसिका एआईबाट बनाइएको पात्र भएको स्वीकार गरेका छन्। उनले मार्टिन्ससँग प्रत्यक्ष कुराकानी नगरेको र खाताको उद्देश्य दर्शकको ध्यान आकर्षित गरी सामान बिक्री गर्नु रहेको दाबी गरेका छन्।

घर फर्कने खर्चसमेत नभएपछि मार्टिन्सले बेलो होरिजोन्टेको स्थानीय प्रशासनसँग सहयोग मागेका थिए। त्यसपछि उनलाई घर फर्कन सहयोग गरिएको थियो। अहिले उनी परिवारका सदस्यसँग बसिरहेका छन्।

प्रकाशित: ४ कार्तिक २०८३ ०९:५५ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
5d ago
सकसपूर्ण बन्दै अमेरिकी जीवन: ऋण तिर्न ४१ प्रतिशतले बाहिरको खाना छाडे, ३१ प्रतिशतले सामान बेचे

सकसपूर्ण बन्दै अमेरिकी जीवन: ऋण तिर्न ४१ प्रतिशतले बाहिरको खाना छाडे, ३१ प्रतिशतले सामान बेचे

काठमाण्डौ । कसैले रेस्टुरेन्टमा खान छाडेका छन्। कसैले घरमा प्रयोग नभएका सामान बेचेका छन्। केहीले त वर्षौंदेखि जम्मा...

#सामान #बेचे
Compare →
Hamro Patro News
23h ago
विमानस्थलमै अब सामान कहाँ पुग्यो भनेर हेर्न मिल्ने!

विमानस्थलमै अब सामान कहाँ पुग्यो भनेर हेर्न मिल्ने!

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने अन्तर्राष्ट्रिय यात्रुका लागि नयाँ सुविधा सुरु गरिएको छ। अब यात्रुहरूले आफ्नो चेकइन गरेको सामानको आवागमन प्रत्यक्ष रूपमा निगरानी गर्न ...

#सामान
Compare →
Ekantipur
1w ago
विमानस्थलमा ब्यागेज व्यवस्थापनको लाइभ फिड, यात्रुले आगमन कक्षबाटै सामानको अवस्था हेर्न पाउने

विमानस्थलमा ब्यागेज व्यवस्थापनको लाइभ फिड, यात्रुले आगमन कक्षबाटै सामानको अवस्था हेर्न पाउने

विमानबाट सामान झार्ने क्षेत्र (ब्यागेज ड्रप एरिया) को लाइभ दृश्य अब आगमन कक्षस्थित ब्यागेज क्लेम क्षेत्रमा देखाउने व्यवस्था गरिएको छ ।

#सामान
Compare →

Related Stories

National (Nepal)
Build #2611