Trending
Prev Story
Next Story

पोखरालाई जनकपुरको मध्यम चुनौती

Ekantipur •
November 01, 2026 • 01:32 PM
1
1 reads 0 reactions

टस हारपछि फिल्डिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ १ सय ४८ रन बनाएको हो ।

पोखरालाई जनकपुरको मध्यम चुनौती

टस हारपछि फिल्डिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ १ सय ४८ रन बनाएको हो ।

काठमाडौँ — तृतराज दासले अर्धशतक बनाएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग क्रिकेटमा आइतबार पोखरा एभेन्जर्सलाई १ सय ४८ रनको मात्र लक्ष्य दिएको छ । टस हारपछि फिल्डिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ १ सय ४८ रन बनाएको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरबाट तृतले ५५ बलमा सवाििधक ६१ रन बनाए । उनी ७ चौका र २ छक्का प्रहार गरी १८ औं ओभरमा माहेदी हसनको बलमा पोखराका कप्तान कुशल भुर्तेलबाट सानदार क्याच आउट भए ।

तृत र मोइन अलीले पावर प्लेको ६ ओभरमा विना क्षति ४५ रन जोडेर जनकपुरलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर सातौं ओभरमा मोइन आउट भएसॅगैं जनकपुरको विकेट पनि झर्न सुरु भएको थियो भने रनमा पनि अंकुश लागेको थियो ।

मोइन २१ रनमा आउट भएका छन् । दुई विश्वकप जितेका इंग्लिस खेलाडी उनी ३ चौका र १ छक्का प्रहार गरी शकिब अल हसनको बलमा बोल्ड भए । बंगलादेशी अलराउन्डर शकिबले उत्कृष्ट बलिङ गरे । आफ्नो ३ ओभरको पहिलो स्पेलमा ४ रनमात्र खर्चेर ३ विकेट लिएका थिए । उनले कुल ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए ।

शकिबले अर्का बंगलादेशका ब्याटर सैफ हसनलाई १ रनमा बोल्ड गरे भने जनकपुरका कप्तान हरमित सिंहलाई ९ रनमा पेभिलियन पठाए । अनिल साहले पनि ९ रनमात्र बनाउन सके । जिम्मी निसमले ११ बलमा ११ रनमात्र बनाउन सके ।

युवा ब्याटर अभिषेक तिवारी ११ बलमा २४ रन बनाई अविजित रहे । उनले १ चौका र २ छक्का प्रहार गरे । अमरसिंह रौटेला इनिङ्सको अन्तिम बलमा २ रनमा बोल्ड भए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
जनकपुरमाथि चितवनको जित, पहिलो चरणबाट बाहिरिए जनकपुर र कर्णाली

जनकपुरमाथि चितवनको जित, पहिलो चरणबाट बाहिरिए जनकपुर र कर्णाली

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो चरणबाट पोखरा एभेन्जरपछि जनकपुर बोलट्स र कर्णाली याक्स पनि बाहिरिएका छन्। शुक्रवार भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुरलाई ४ विकेट...

#जनकपुर
Compare →
Arthasansar
8h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#जनकपुर
Compare →
Onlinekhabar
8h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#जनकपुर
Compare →
Nagarik News
9h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#जनकपुर
Compare →

Related Stories

Sports
Build #2612