Trending
Prev Story
Next Story

२३ लाख बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’ क्याप्सुल

Ekantipur •
April 21, 2026 • 02:11 PM
1
1 reads 0 reactions

आँखाको दृष्टि जोगाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन, कुपोषण कम गर्न र बालमृत्युदर घटाउन सरकारले भिटामिन ‘ए’सहित जुकाको औषधि र बालभिटा खुवाउने गरेको छ ।

२३ लाख बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’ क्याप्सुल

आँखाको दृष्टि जोगाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन, कुपोषण कम गर्न र बालमृत्युदर घटाउन सरकारले भिटामिन ‘ए’सहित जुकाको औषधि र बालभिटा खुवाउने गरेको छ ।

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ ।

वैशाख ६ र ७ गते सञ्चालन गरिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ खुवाइएको हो । २१ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइएको मन्त्रालयका सूचना अधिकारी भक्त केसीले जानकारी दिए । यस्तै ८ लाख बालबालिकालाई बालभिटा खुवाइएको छ  ।

देशैभरका ६ महिनादेखि देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधि र ६ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा खुवाइएको थियो ।

आँखाको दृष्टिलाई जोगाउने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, कुपोषण कम गर्ने र बालमृत्युदर घटाउने सरकारले बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि र बालभिटा खुवाउने गरेको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा करिब ५०  हजार जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा १५ हजार स्थानीय तहका स्वास्थ्यकर्मी खटिएका थिए । सरकारले हरेक आर्थिक वर्षको कात्तिक र वैशाखमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ सालदेखि र जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ सालदेखि सञ्चालन गर्दै आइरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान आज पनि जारी

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान आज पनि जारी

कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।

#भिटामिन #बालबालिका #जुका
Compare →
Bizshala
1w ago
आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाण्डौ । सरकारले आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको...

#भिटामिन #बालबालिका #जुका
Compare →
Onlinekhabar
1w ago
आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

१७ कात्तिक, काठमाडौं । सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका …

#भिटामिन #बालबालिका #जुका
Compare →
Hamro Patro News
1w ago
बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ– सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षद...

#भिटामिन #बालबालिका #जुका
Compare →

Related Stories

Politics & Governance
Build #2612