Trending
Prev Story
Next Story

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

Onlinekhabar •
November 03, 2026 • 06:01 AM
1
1 reads 0 reactions

१७ कात्तिक, काठमाडौं । सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका …

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

१७ कात्तिक, काठमाडौं । सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।

उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ ।

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने बताए । अभिभावकहरुले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा समय मिलाएर लगेर ती औषधि खुवाउन उनले आग्रह गरे ।

थापाकाअनुसार कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिँदै हुनुहुन्छ । सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि विस २०५० देखि भिटामिन ‘ए’ क्याप्सुल र विस २०५६ देखि जुकाको औषधि नियमित खुवाउने गरिएको छ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
मधेशका २१.३ प्रतिशत बालबालिका बहुआयामिक वञ्चितीकरणमा

मधेशका २१.३ प्रतिशत बालबालिका बहुआयामिक वञ्चितीकरणमा

धनुषा- मधेश प्रदेशका बालबालिकामा बहुआयामिक वञ्चितीकरणको समस्या रहेको देखिएको छ । बहुआयामिक वञ्चितीकरण भन्नाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपनी सरसफाइ, आव...

#बालबालिका
Compare →
Nagarik News
2d ago
अभिभावकविहीन बालबालिकाले यसरी मनाए सामूहिक भाइटीका

अभिभावकविहीन बालबालिकाले यसरी मनाए सामूहिक भाइटीका

यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन्।

#बालबालिका
Compare →
Ekantipur
12h ago
चीनले पहिलोपटक तौल घटाउने औषधिलाई दियो अनुमति

चीनले पहिलोपटक तौल घटाउने औषधिलाई दियो अनुमति

चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले मोटोपना वा बढी तौलसँगै सम्बन्धित कम्तीमा एउटा स्वास्थ्य समस्या भएका वयस्कको उपचारका लागि उक्त औषधि स्वीकृत गरेको हो ।

#औषधि
Compare →

Related Stories

Health & Wellness
Build #2612