Trending
Prev Story
Next Story

रवि तेजाको विवादित अभिव्यक्तिपछि ‘इरुमुडी’ का निर्मातालाई श्रम विभागले बोलायो

Nagarik News •
November 01, 2026 • 10:05 AM
1
1 reads 0 reactions

प्रचार कार्यक्रमका क्रममा भएको कुराकानी वा प्रयोग गरिएको भाषाले बाल कलाकारको सम्मान र सुरक्षामा असर पारेको छ कि छैन भन्ने विषयमा पनि विभागले अनुसन्धान गर्नेछ।

रवि तेजाको विवादित अभिव्यक्तिपछि ‘इरुमुडी’ का निर्मातालाई श्रम विभागले बोलायो

दक्षिण भारतीय चर्चित अभिनेता रवि तेजाको अभिनय रहेको फिल्म ‘इरुमुडी’ कानुनी विवादमा तानिएको छ।

बाल कलाकार नक्षत्रसँग सम्बन्धित उजुरी प्राप्त भएपछि तेलंगाना श्रम विभागले फिल्मका निर्मातालाई नोटिस पठाएको हो।

नाबालिग बालिकालाई फिल्मको छायांकन तथा प्रचारप्रसारका गतिविधिमा सहभागी गराइएको विषयमा उजुरी परेपछि विभागले यस्तो कदम चालेको समाचार सार्वजनिक भएको छ।

यस विषयमा फिल्म निर्माण कम्पनी ‘मैथ्री मुभी मेकर्स’ सँग छलफल गर्न बैठकसमेत बोलाइएको छ।

तेलंगाना टुडेको रिपोर्टअनुसार ‘जय लोक सत्ता’ का संस्थापक तथा अध्यक्ष सी.महेश बाबुले श्रम विभागमा उजुरी दर्ता गराएका छन्।

उजुरीमा बाल कलाकार नक्षत्रको काम गर्ने समय, उनलाई दिइने पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी विषय उठाइएको छ।

रंगा रेड्डी क्षेत्रका संयुक्त श्रम आयुक्तले आगामी नोभेम्बर ४ तारिखका दिन फिल्म निर्माण कम्पनीका प्रतिनिधिसँग बैठक बोलाएका छन्।

मिडिया रिपोर्टअनुसार प्रचार कार्यक्रमका क्रममा भएको कुराकानी वा प्रयोग गरिएको भाषाले बाल कलाकारको सम्मान र सुरक्षामा असर पारेको छ कि छैन भन्ने विषयमा पनि विभागले अनुसन्धान गर्नेछ।

यो विषयमा तेलंगाना श्रम विभागले निर्मातासँग विभिन्न महत्त्वपूर्ण कागजात माग गरेको छ। जस्तै जिल्ला मजिस्ट्रेटबाट लिइएको अनुमति, बाल कलाकारका अभिभावकको सहमति, काम गरेको समय र हाजिरी विवरण, बाल कलाकारको पढाइ तथा शिक्षाको व्यवस्था, सुरक्षा र संरक्षणका उपायहरू र प्रचारप्रसारका कार्यक्रममा सहभागी भएको विवरण आदि पेश गर्न माग गरिएको छ।

यसका साथै बाल कलाकारले कमाएको रकममध्ये २० प्रतिशत उनको नाममा फिक्स्ड डिपोजिट खातामा जम्मा गरिएको छ वा छैन भन्ने जानकारी पनि माग गरिएको छ।

निर्मातालाई बैठकमा आवश्यक सबै कागजातसहित उपस्थित हुन निर्देशन दिइएको छ।

तेलंगाना श्रम विभागको यो कदम यस्तो समयमा आएको हो, जतिबेला फिल्म ‘इरुमुडी’ को प्रि–रिलिज कार्यक्रममा रवि तेजाले प्रयोग गरेको एउटा शब्दलाई लिएर विवाद भइरहेको छ।

आरोपअनुसार गत अगस्टमा आयोजित कार्यक्रममा रवि तेजाले बाल कलाकार नक्षत्रबारे कुरा गर्ने क्रममा अपमानजनक अर्थ लाग्ने शब्द प्रयोग गरेका थिए।

कार्यक्रममा नक्षत्रले रवि तेजालाई सोधेकी थिइन्, ‘तपाईं मलाई कुन उपनाम दिन चाहनुहुन्छर?’

त्यसको जवाफमा रविले दुई पटक एउटा विवादास्पद शब्द प्रयोग गरेका थिए। उक्त शब्द सुनेपछि वरपर रहेका मानिसहरू असहज हुँदै हाँसेका थिए।

प्रकाशित: १५ कार्तिक २०८३ १५:५० आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
3d ago
विश्रान्ति वृद्धाश्रममा कलाकारको देउसी र नाचगान, ज्येष्ठ नागरिक रमाए

विश्रान्ति वृद्धाश्रममा कलाकारको देउसी र नाचगान, ज्येष्ठ नागरिक रमाए

बाजागाजासहित पुगेको कलाकारको टोलीले वृद्धाश्रममा आश्रित ३६ जना ज्येष्ठ नागरिकलाई देउसी–भैलो र गीतसङ्गीतमार्फत मनोरञ्जन प्रदान गर्‍यो । वरिष्ठ लोकगायिका तुलसी पराजुलीको संयोजनमा पुगेका २० जना कलाकारले देउसीभैलोसहित विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए ।

#कलाकार #श्रम
Compare →
Hamro Patro News
16h ago
बदलिँदो श्रम गन्तव्य : युरोप जान हानथाप, सरकारी कूटनीतिक पहल र नियमन कमजोर

बदलिँदो श्रम गन्तव्य : युरोप जान हानथाप, सरकारी कूटनीतिक पहल र नियमन कमजोर

काठमाडौँ । नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेशी भूमिमा पसिना बगाउनु नेपाली युवाको बाध्यता हो । कुनै समय खाडी मुलुक नेपाली श्रमिकहरूको प्रमुख र एकमात्र रोजाइमा पर्ने गरेकोमा पछिल्लो समय श्...

#श्रम
Compare →
Onlinekhabar
1d ago
बक्स अफिसको ६ महिना : केही फिल्म मात्रै फाइदामा, अधिकांश निर्माता निराश

बक्स अफिसको ६ महिना : केही फिल्म मात्रै फाइदामा, अधिकांश निर्माता निराश

काठमाडौं । २०८३ वैशाखदेखि असोजसम्मको ६ महिनालाई फर्केर हेर्दा नेपाली चलचित्रको बक्स अफिसमा आशा र निराशाको मिश्रित दृश्य देखिन्छ । केही फिल्मले करोडौं रुपैयाँको व्यापार गर्दै निर्मातालाई राहत दिएका छन् भने अधिकांश फिल्मले लगानीअनुसारको प्रतिफल …

#फिल्म #निर्माता
Compare →

Related Stories

Business & Economy
Build #2611