Trending
Prev Story
Next Story

देउवा समूहले सृजना मल्ललाई बनायो नेविसंघ अध्यक्ष

Nagarik News •
November 01, 2026 • 12:21 PM
1
1 reads 0 reactions

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले सृजना मल्ललाई नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा मनोनयन गरेको छ।

1 / 2
Swipe Photos

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले सृजना मल्ललाई नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा मनोनयन गरेको छ। प्रा. डा. शशांक कोइराला संयोजक रहेको समितिले आइतबार मल्ललाई अध्यक्षमा मनोनयन गरेको पत्र दिएको हो।

मल्ललाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम नेविसंघको अध्यक्षमा मनोनयन गरिएको पत्रमा उल्लेख छ।

कोइराला संयोजक रहेको देउवा पक्षको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले मल्ललाई अध्यक्षको जिम्मेवारी दिएको हो। नेपाली कांग्रेसभित्र पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी गरिरहेका बेला भ्रातृ संस्थाको नेतृत्वसमेत चयन गरेको छ।

कात्तिक १२ गतेको मितिमा जारी पत्रमा मल्लले अध्यक्षका रूपमा नेपाली कांग्रेसका स्थापित मूल्य र मान्यतालाई आत्मसात् गर्दै आगामी छ महिनाभित्र नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न गरी संगठनलाई मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले हस्ताक्षर गरेको पत्रमा मल्ललाई अध्यक्षमा मनोनयन गरिएको जानकारी दिँदै धन्यवाद तथा शुभकामना व्यक्त गरिएको छ।

कांग्रेसभित्र सभापति गगन थापा नेतृत्वको समूह र देउवा पक्षबीच १५औँ महाधिवेशनको प्रक्रिया तथा नेतृत्वको वैधानिकतालाई लिएर विवाद चलिरहेका बेला देउवा पक्षले नेविसंघको नेतृत्व चयन गरेको हो।

यसअघि देउवा पक्षले शशांक कोइरालाको संयोजकत्वमा छुट्टै १५औँ महाधिवेशन तयारी समिति गठन गरी संगठनात्मक गतिविधि अघि बढाएको थियो। सोही समितिले विभिन्न तहमा महाधिवेशन तयारीका लागि जिम्मेवारी बाँडफाँट गर्दै आएको छ।

मल्लको मनोनयनसँगै कांग्रेसभित्रको आन्तरिक विवादको प्रभाव भ्रातृ संस्थाको नेतृत्व चयनमा समेत देखिएको छ।

प्रकाशित: १५ कार्तिक २०८३ १८:०६ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2d ago
प्रताप मल्लले रानीपोखरी उद्घाटन गर्दाको त्यो भव्य समारोह

प्रताप मल्लले रानीपोखरी उद्घाटन गर्दाको त्यो भव्य समारोह

रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर प्रत्येक वर्ष भाइटीकाको एक दिन मात्र खुल्छ। कान्तिपुरका राजा प्रताप मल्लले निर्माण गराएको यो पोखरीको भव्य उद्घाटन समारोह कलाकार हरिप्रसाद शर्माले आफ्नो चि...

#मल्ल
Compare →

Related Stories

Politics & Governance
Build #2611