नेपालले ओमानमा हुने यू-१९ एसिया कप क्रिकेटका लागि आइतबार विपिन शर्माको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ ।
काठमाडौँ — विपिन शर्माको कप्तानीमा नेपालले ओमानमा हुने यू-१९ एसिया कप क्रिकेटका लागि आइतबार १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । यू-१९ एसिया कप नोभेम्बर ५ देखि १४ सम्म हुने कार्यक्रम छ ।
नेपालले समूह चरणमा भारत, पाकिस्तान र यूएईसॅग खेल्ने छ । नेपालले ६ नोभेम्बरमा भारत, ८ मा यूएई र १० मा पाकिस्तानसॅग खेल्ने छ । एसिया कपका लागि नेपाली टोली हाल पोखरामा वसन्त शाहीको प्रशिक्षणमा बन्द प्रशिक्षण गरिरहेको छ ।
विपिनसहित नेपाली यू-१९ टोलीमा नीरजकुमार यादव, प्रसिद्ध जैसी, सोहेल कुॅवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्सु कोइराला, अभय यादव, सुशीलबहादुर रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट रहेका छन् ।
नेपाल प्रिमियर लिगमा विपिन कर्णाली याक्स, प्रसिद्ध र सूर्यान्सु काठमान्डु गोर्खाज र सचिन भट्ट थिए । तर नेपाली यू-१९ टोलीमा परेपछि उनीहरुले फ्रेन्चाइज प्रतियोगिता छाडेका थिए ।