Trending
Prev Story
Next Story

पदक जित्ने तयारी गर्नुस्, बजेटको चिन्ता नगर्नुस् : मुख्यमन्त्री शाही

Ekantipur •
November 01, 2026 • 12:31 PM
1
1 reads 0 reactions

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा आइतबार सुर्खेतमा भएको छलफलमा उनले उत्कृष्ट खेलाडी छनोट गरेर पदक जित्ने तयारीमा जुट्न कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरे ।

पदक जित्ने तयारी गर्नुस्, बजेटको चिन्ता नगर्नुस् : मुख्यमन्त्री शाही

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा आइतबार सुर्खेतमा भएको छलफलमा उनले उत्कृष्ट खेलाडी छनोट गरेर पदक जित्ने तयारीमा जुट्न कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरे ।

काठमाडौँ — कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेशले पदक जित्ने तयारीमा लाग्नुपर्ने बताएका छन् । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा आइतबार सुर्खेतमा भएको छलफलमा उनले उत्कृष्ट खेलाडी छनोट गरेर पदक जित्ने तयारीमा जुट्न कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गरे ।

बसोबास व्यवस्थापन उपसमितिद्वारा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले बजेटको चिन्ता नगर्न आग्रह गरे  । उनले भने ,´तपाईँहरु राम्रा खेलाडी छनौट गर्नुस्, निष्पक्ष भएर खेलाडी छनौट गर्नुस्, राम्रा प्रशिक्षक ल्याउनुस् र पदक जित्ने तयारीमा लाग्नुस्, बजेटको कुनै समस्या हुँदैन।´

मागेको भन्दा बढी बजेट दिन प्रदेश सरकार तयार भएको जानकारी उनले दिए । दसौं राष्ट्रिय खेलकुद कर्णालीको लागि अवसर र चुनौती भएको बताउँदै उनले यसलाई उपयोग गर्नुपर्ने धारणा राखे ।

राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि प्रदेश सरकार, परिषद् वा सरकारी निकायले मात्र सम्भव नभएकाले सबै सरोकारवालाको उत्तिकै सहयोग र सहकार्य जरुरी रहेको बताए । प्रतियोगिताको आयोजक संघीय सरकार भए पनि कर्णाली प्रदेशमा हुने भएकाले कुनै कमीकमजोरी नहुने गरी सबै निकायबीच समन्वय हुनुपर्ने उनको भनाइ थियो । साथै उनले अब पनि प्रतियोगिता स्थगित हुन्छ कि भनेर आशंका नगर्न सबैलाई अपिल गरे ।

छलफलमा सामाजिक विकासमन्त्री जितबहादुर मल्लले कर्णाली प्रदेशले जिम्मेवारी पाएका चारवटै उपसमितिले हालसम्म सन्तोषजनक काम गरेको बताए ।

कार्यक्रममा प्रमुख सचिव राधिका अर्याल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, प्रदेश प्रहरी प्रमुख जयराज सापकोटा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एसपी मुकुन्द प्रसाद रिजाल, होटल व्यवसायी महासंघका पदमबहादुर शाही, तर्कबहादुर शाहीलगायतले सुझाव दिएका थिए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
14h ago
राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित

राष्ट्रिय खेलकुदको तयारीमा खोटाङ, बजेट अभावले प्रशिक्षण प्रभावित मङ्सिर ७ गतेदेखि प्रदेश छनोटमा सहभागी हुन कराते, भलिबल, कबड्डी र क्रिकेटका खेलाडी बन्द प्रशिक्षणमा छन्, तर सीमित बजेटले तयारी प्रभा...

#तयारी #खेलकुद #बजेट
Compare →
Nagarik News
7h ago
प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीको गृहजिल्ला महोत्तरीमा छठको तयारी पूरा

प्रधानमन्त्रीका दाजु कौशलेन्द्र शाहसँग जिल्लाका विभिन्न स्थानको निरीक्षण गरेपछि सांसद झाले छठ पर्वको पूर्वसन्ध्यामा तयारी पूरा भएको जानकारी दिएका हुन्।

#तयारी
Compare →
Bizshala
15h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#तयारी
Compare →
Arthasansar
17h ago
फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

फेरि विद्रोहको तयारीमा प्रचण्ड, ‘जनतालाई मुक्त गर्ने आन्दोलन चाहिएको छ’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ७३ वर्ष प्रवेश गर्न लागे पनि वैचारिक रूपमा नयाँ विद्रोहको तयारीमा...

#तयारी
Compare →

Related Stories

Politics & Governance
Build #2611