Trending
Prev Story
Next Story

रास्वपालाई गगन थापाको प्रश्न– सरकारले राम्रो गरे पार्टी, प्रश्न उठे प्रधानमन्त्री ?

Onlinekhabar •
November 01, 2026 • 09:30 AM
1
1 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका राम्रा–नराम्रा कामको जसअपजस सत्तारूढ रास्वपाले लिनुपर्ने बताएका छन् । आइतबार सरकारका गतिबिधि र समसामयिक राजनीतिक विषयबारे विशेष सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभापति थापाले …

रास्वपालाई गगन थापाको प्रश्न– सरकारले राम्रो गरे पार्टी, प्रश्न उठे प्रधानमन्त्री ?

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका राम्रा–नराम्रा कामको जसअपजस सत्तारूढ रास्वपाले लिनुपर्ने बताएका छन् । आइतबार सरकारका गतिबिधि र समसामयिक राजनीतिक विषयबारे विशेष सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति थापाले विगतमा कांग्रेसको सरकार हुँदा गलत भएका बेला आफूहरूले बोलेका कुरामा रास्वपाले उठाउने गरेको प्रश्नको उदाहरण दिँदै अहिले सरकारले गरिरहेका रास्वपा नेताहरूसँग प्रश्नैप्रश्न गरे ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र नेताहरूले गलत भयो भन्ने बोल्ने काम भएको छ,’ उनले भने, ‘सरकारले कुनै कुरा गलत गर्दा हामी बोल्थ्यौं । त्यो बेला राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हुन्थ्यो भने यो सरकार त नेपाली कांग्रेसको सरकार हो, नेपाली कांग्रेसको सरकार भएको हुनाले त्यो सरकारले गरेको काम भएकाले विरोध तिम्ले गरेर पुग्दैन, जिम्मा तिम्ले लिनुपर्छ । किनकी तिमि पनि त्यो पार्टीको हो । यो सिद्धान्त तपाईँहरूलाई लागु हुन्छ कि हुँदैन ? यो प्रश्न हाम्रो हो ।’

उनले ‘यो सिद्धान्त कांग्रेस–एमालेको हकमा लागु हुने, अनि रास्वपाको नहुने ?’ भन्दै थप प्रश्न गरे ।

‘सरकारले राम्रो काम गरेको छ भने रास्वपा, सरकारको कुनै काममा प्रश्न उठे त्यो चाहिँ प्रधानमन्त्री ?,’ सभापति थापाले अगाडि भने, ‘सरकारका खराब कामको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने र सरकारका राम्रा कामको श्रेय सिंगो रास्वपाले लिने ? यसको जिम्मेवारी रास्वपाले लिने प्रश्न आउँछ कि आउँदैन ?’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
भीमफेदी माइक्राेबस दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

भीमफेदी माइक्राेबस दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

#गगन-थापा #कांग्रेस #गगन
Compare →
Nagarik News
1d ago
बालेन सरकारले ५ वर्ष पूरा गर्नुपर्छ: अमरेश

बालेन सरकारले ५ वर्ष पूरा गर्नुपर्छ: अमरेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले न्यायालयले समेत न्याय माग्नुपर्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्।

#रास्वपा #बताए #सरकारले
Compare →
Ekantipur
5h ago
रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

बीआरआईमार्फत ऋणका रूपमा विमानस्थललगायतका आयोजनाका लागि दिइएका रकमलाई अनुदानमा कसरी परिवर्तन गर्न सकिन्छ, त्यो विषय राख्नुहोला : वालेन्द्र शाह, प्रधानमन्त्री

#रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2611