Trending
Prev Story
Next Story

सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन थापा

Onlinekhabar •
November 01, 2026 • 09:30 AM
1
1 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको प्रतृत्तिले सीमा नाघेको टिप्पणी गरेका छन्। उनले हालै विभिन्न मिडिया हाउसमा पुगेर सञ्चारकर्मीलाई पक्राउ र पक्राउको तयारीको विषयसमेत समेटेर सरकारको विषयमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट …

सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन थापा

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको प्रतृत्तिले सीमा नाघेको टिप्पणी गरेका छन्।

उनले हालै विभिन्न मिडिया हाउसमा पुगेर सञ्चारकर्मीलाई पक्राउ र पक्राउको तयारीको विषयसमेत समेटेर सरकारको विषयमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट यस्तो टिप्पणी गरेका हुन्।

‘अहिले सरकारको कामकारबाही चिन्तित नै भएर हेर्नुपर्ने विषय भयो। प्रवृत्ति चिन्तित नै बनाउने खालको छ,’ उनले भने, ‘हामी नै हो स्टेट, हामीले बोलेको कुरा हुकुम हुन्छ, अड्डा, अदालत, प्रहरी हाम्रा आदेश पालना गर्नेहरू हुन् भन्ने सोचियो।’

उनले अहिले सरकारले शक्तिको स्वेच्छाचारी प्रयोग गरिरहेको पनि बताए। ‘शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको छ,’ उनले भने, ‘मेरो इच्छा नै कानुन हो भन्ने भयो अहिले भएकै त्यही हो। प्रवृत्तिले हद नाघेको छ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
10h ago
सरकारले कार्यशैली नसच्याए फेरि भदौ २४ भोग्नुपर्ने हुन्छ : सहमहामन्त्री शिवाकोटी

सरकारले कार्यशैली नसच्याए फेरि भदौ २४ भोग्नुपर्ने हुन्छ : सहमहामन्त्री शिवाकोटी

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरूमाथि हस्तक्षेप बढाउँदै लगेको आरोप लगाएका छन् । काठमाडौंमा शु...

#कात्तिक #काठमाडौं
Compare →
Bizshala
12h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#कात्तिक #काठमाडौं
Compare →

Related Stories

Politics & Governance
Build #2611