Trending
Prev Story
Next Story

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि शुल्क तिर्नुपर्ने, कुन सवारीकाे कति ?

Arthasansar •
November 01, 2026 • 08:35 AM
1
1 reads 0 reactions

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबार राति १२ बजेदेखि अनिवार्य रूपमा सडक दस्तुर तिर्नुपर्ने भएको छ । सुरुङमार्ग हुँदै काठमाडौं...

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि शुल्क तिर्नुपर्ने, कुन सवारीकाे कति ?

नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबार राति १२ बजेदेखि अनिवार्य रूपमा सडक दस्तुर तिर्नुपर्ने भएको छ । सुरुङमार्ग हुँदै काठमाडौं भित्रिने तथा बाहिरिने सबै सवारीसाधनले नेपाल राजपत्रमा प्रकाशित दरअनुसार दस्तुर बुझाएर मात्र आवतजावत गर्न पाउने भएका हुन् ।

नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको वर्गीकरणका आधारमा दस्तुर निर्धारण गरिएको छ । सोहीअनुसार काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनका लागि फरक–फरक दर तोकिएको छ ।

निर्धारित दरअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, ठूला सवारीसाधनले सुरुङमार्ग प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ ।

सुरुवाती चरणमा सवारीचालकले नगद वा क्यूआर कोडमार्फत दस्तुर भुक्तानी गर्न सक्नेछन् । आगामी दिनमा भने आरएफआईडी कार्ड तथा ट्याग प्रणाली लागू गर्ने तयारी गरिएको आयोजना प्रमुख नेपालले जानकारी दिए । उक्त प्रणाली कार्यान्वयनमा आएपछि सवारीसाधनबाट स्वचालित रूपमा दस्तुर संकलन गर्न सकिनेछ ।

सुरुङमार्गमा सेवा प्रदायक कम्पनीका कर्मचारी परिचालन गरी दस्तुर संकलन गरिने व्यवस्था मिलाइएको छ । यसरी संकलन भएको रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ ।

दस्तुर संकलनको सञ्चालन तथा अनुगमन सडक बोर्ड नेपाल र सडक विभागले गर्नेछन् । सडक दस्तुर लागू भएसँगै नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि नियमित यात्रा खर्चमा थप शुल्क जोडिने भएको छ । सुरुङमार्ग सञ्चालनलाई व्यवस्थित बनाउन तथा निर्धारित प्रणालीअनुसार दस्तुर संकलन गर्न यो व्यवस्था लागू गरिएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
राष्ट्रिय संवत्‌को मान्यता पाए पनि ओझेलमा नेपाल संवत्, पाठ्यक्रमदेखि नोटसम्म प्रयोग गर्न माग

राष्ट्रिय संवत्‌को मान्यता पाए पनि ओझेलमा नेपाल संवत्, पाठ्यक्रमदेखि नोटसम्म प्रयोग गर्न माग

काठमाडौँ / नेपाल संवत्‌ले राष्ट्रिय संवत्‌को मान्यता पाइसकेको भए पनि यसको व्यावहारिक प्रयोग र प्रवद्र्धनमा राज्यले पर्याप्त ध्यान दिन नसकेको राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले जनाएको छ । न...

#प्रयोग
Compare →
Nagarik News
3d ago
पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

यही तिहार तथा आगामी छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढन थालेपछि प्रहरीले त्यस्ता वस्तुको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप कडाइ गरेको छ।

#प्रयोग
Compare →
Ekantipur
5h ago
बल्खु-हेटौंडा चल्ने सवारीसाधनले अब बेलुकी ८ बजेसम्म फर्पिङको प्रहरी चेकपोस्ट पार गरिसक्नु पर्ने

बल्खु-हेटौंडा चल्ने सवारीसाधनले अब बेलुकी ८ बजेसम्म फर्पिङको प्रहरी चेकपोस्ट पार गरिसक्नु पर्ने

यस रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन अब बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ । त्यस्तै, बिहान ५ बजेदेखि मात्रै बल्खुबाट उक्त रुटमा सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

#सवारीसाधन
Compare →

Related Stories

National (Nepal)
Build #2611