Trending
Prev Story
Next Story

बैतडीका दुर्गम बस्तीसम्म लागुऔषध दुर्व्यसनी बढेको चिन्ता

Ekantipur •
November 01, 2026 • 08:32 AM
2
2 reads 0 reactions

अभिभावकको बेवास्ता, बेरोजगारी र खराब संगतसँगै सीमापारिबाट भित्रिने लागुऔषधले गाउँगाउँमा युवाको भविष्य जोखिममा पारिरहेको सरोकारवालाको चिन्ता छ।

बैतडीका दुर्गम बस्तीसम्म लागुऔषध दुर्व्यसनी बढेको चिन्ता

अभिभावकको बेवास्ता, बेरोजगारी र खराब संगतसँगै सीमापारिबाट भित्रिने लागुऔषधले गाउँगाउँमा युवाको भविष्य जोखिममा पारिरहेको सरोकारवालाको चिन्ता छ।

बैतडी — सहरी क्षेत्रमा मात्रै सीमित रहेको लागुऔषध दुर्व्यसन पछिल्लो समय बैतडीका दुर्गम बस्तीसम्म फैलिन थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। जिल्लाका विकट बस्तीमा समेत युवाहरू लागुऔषधको प्रयोगमा फस्न थालेपछि यसको नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको उनीहरूको भनाइ छ।

सुदूरपश्चिम विद्यार्थी न्याय मञ्चले जिल्ला सदरमुकाममा आयोजना गरेको लागुऔषधविरुद्ध संवाद तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन्। खुला सीमा नाकाको फाइदा उठाउँदै भारतबाट नियन्त्रित औषधि भित्रिने र त्यसको सेवनबाट युवाहरू दुर्व्यसनमा फस्ने क्रम बढेको उनीहरूले बताए।

जिल्लाको मेलौली, कुलाउ, सुल्लेखान, खोड्पे, सिल्लेगडा, पुर्चौंडी र गोकुलेश्वरलगायतका दुर्गम क्षेत्रमा समेत लागुऔषधको प्रयोग बढ्न थालेको सहभागीहरूको भनाइ थियो। विकट बस्तीमा समेत यसको प्रयोग बढ्न थालेपछि नियन्त्रणका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको कार्यक्रमकी सहभागी शिक्षिका बसन्ती भट्टले बताइन्।

नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष नरी बडूले ‘बैतडी जिल्लामा लागुऔषध दुर्व्यसनको आर्थिक तथा सामाजिक असर र एकीकृत नियन्त्रण रणनीति’ विषयक कार्यपत्र प्रस्तुत गर्दै लागुऔषध प्रयोग गर्ने युवाहरूको संख्या ग्रामीण क्षेत्रसम्म फैलिएको बताए। भारतसँग खुला सीमा जोडिएको बैतडीका विभिन्न नाकाबाट नियन्त्रित औषधि भित्रिने गरेको उल्लेख गर्दै उनले यसको नियन्त्रणका लागि सम्बन्धित निकायले निगरानी र नियमनमा कडाइ गर्नुपर्ने औंल्याए।

जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्यांकले पनि लागुऔषधसम्बन्धी मुद्दा बर्सेनि बढ्दै गएको देखाउँछ। आर्थिक वर्ष २०८०/८१ मा लागुऔषध प्रयोगसम्बन्धी मुद्दामा चार जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले २०८१/८२ मा ११ जनाविरुद्ध मुद्दा चलाएको थियो।

त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा १३ जनालाई पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले बताए। चालु आर्थिक वर्षको तीन महिनामै लागुऔषध प्रयोगसम्बन्धी कसुरमा चार जनालाई पक्राउ गरी मुद्दा चलाइएको उनले जानकारी दिए।

अभिभावकको बेवास्ता, साथीभाइको संगत र बेरोजगारीलगायतका कारण समाजमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको जिल्ला कानुनी सहायता केन्द्रका अधिवक्ता गोवर्धन नाथले बताए।

गाँजा, चरेसजस्ता लागुऔषध र नियन्त्रित तथा निषेधित औषधिको सेवनलाई एउटै समूहमा राखेर हेर्दा समस्याको सही पहिचान र समाधानमा कठिनाइ हुने गरेको नागरिक समाज बैतडीका सचिव कर्ण दयालले बताए। यस विषयमा समयानुकूल कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको उनको भनाइ छ।

लागुऔषध सेवन पछिल्लो समय सामाजिक समस्याका रूपमा देखिएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी मीना अर्यालले यसको नियन्त्रणमा समाजका हरेक व्यक्तिको भूमिका महत्त्वपूर्ण हुने बताइन्। नियन्त्रणका लागि परिवार, समुदाय र सम्बन्धित निकाय सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ थियो।

संवाद तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला न्यायाधीश, नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधि, जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, नागरिक समाज, शिक्षक, युवा, सामाजिक अभियन्ता र पत्रकारहरूको सहभागिता थियो।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
17h ago
नारायणी किनारमा ‘दुर्व्यसनी’ बढे

नारायणी किनारमा ‘दुर्व्यसनी’ बढे

नारायणी नदीकिनारामा लागुऔषधको प्रयोग कर्ता (दुर्व्यसनी) हरू बढेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

#लागुऔषध #चिन्ता #दुर्व्यसनी
Compare →
Hamro Patro News
1w ago
नेपालमा लागुऔषध तस्करी गर्ने भारतीय पक्राउ

नेपालमा लागुऔषध तस्करी गर्ने भारतीय पक्राउ

काठमाडौं : भारतबाट काठमाडौंमा लागुऔषध खैरो हेरोइन ल्याएर बिक्री वितरण गर्दै आएका एक भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लामो समयको निगरानीपछि ...

#लागुऔषध
Compare →
Onlinekhabar
1w ago
कपिलवस्तुमा हवाई फायर गरेर २ जना लागुऔषध कारोबारी पक्राउ

कपिलवस्तुमा हवाई फायर गरेर २ जना लागुऔषध कारोबारी पक्राउ

१ कात्तिक, काठमाडौं । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले कपिलवस्तुको बाणगंगा नगरपालिका–३ राजापानी क्षेत्रमा लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई …

#लागुऔषध
Compare →

Related Stories

Technology
Build #2612